गजल


आचार्य प्रभा

नझार्नु थियो आँशुको सागर मैले, झारें तिम्रो सामू
मेरा मनका सारा ब्यथाहरु पनि ,सारें तिम्रो सामू /

दुखको सागरमा पौडीरहेथें, पाएँ तिम्रो न्यानो हात
आँशुको नदी पार गर्दै, आफुलाई तारें तिम्रो सामू /

उडिरहन्थ्यो यो मन पनि बहकी, सधैं कहाँ कहाँ ?
थाम्न नसकि पीडा मनको, फेरि हारें तिम्रो सामू /

आफैबाट अल्पपरिचित बनी,बांची रहेथें म एक्लै
अन्जान बनेको मनलाइ आज पारें तिम्रो सामू /

(अमेरिका )

No comments: