उडाइ लग्यो सानो संसारको छानो


आचार्य प्रभा

रहेन अस्तित्व तिम्रो अब
खै!तिम्रो रूपको महत्व
अनी खै तिम्रो मीठो
अभिनयको औचित्य ?
सब छताछुल्ल भए
तिम्रा भावनाहरु ,
अनी धमिला बागमतीमा
अनुवाद भयो तिम्रो त्यो
निस्कलंक कुमारीत्व ।
"नम्र"लाग्दथ्यो तिम्रो स्वभाव
"नम्रता"नाम पाए झै
शालिन लाग्दथ्यो तिम्रो मुहार
प्रकृतिले बरदान दिइे सजाए झै
त र अब लाग्यो ............,
तिम्रो स्वभाव र तिम्रो सौन्दर्य
केवल तिमी बिपरित भएर
कलंकको आँधिबेह्री बनेर
तिमीलाई छल्नलाई
तिमीमा मन्त्रमुघ्ध बनेर छाएछ
अनी तिमी बहकियौ
रूपको कालो बजारमा
या त फँस्यौ कसैको जाली मोहमा ?
या त तिमीमा दैत्यरुपी सोँचले
डेरा जमायो ,
वा त तिमी कसैको स्वार्थी मोहमा
लिप्त बनेर पागल बन्यौ ।
भन्छन कहिले कही मानव सोँचमा
दानवले बास गर्छन्
अनी बहकिन्छ मन,
हो कहिले मन चँचलताको परकाष्ठा
नाघ्न पुग्छ
अनी कलुषित बनेर
पाइला डग्मगाउँछ आँफैमा
भुइँचालो मचाएर ,
ध्वस्त बन्छ सपनाको महल
उडाइलान्छ "सानो संसारको छानो"
अनी सर्वाँग नग्याइदिन्छ
जिन्दगीको बस्त्र च्यातिँदै,च्यातिन्दै
सुस्त सुस्त ...............,
हो यही नियती भोग्नु पर्‍यो तिमीले
बैंश र रूपको आडम्बरमा फंसेर ,
अब सोँच्दै हौला पश्चतापको दिन गन्दै
आत्माग्लानिको ज्वालामा दन्केर ।

(समर्पित उनै मीठो गल्ती गर्ने यौवनालाई )

No comments: