गजल


आचार्य प्रभा

जिन्दगी कहिल्यै नमेटिने मीठो आश रैछ
निराशामै अल्झिदिने जिउँदो लाश रैछ ।

जस्तो चल्छ,चल्दै जान्छ भोग्नै पर्छ आखिर
पीडा,ब्यथा बिर्सिएमा जीवन आहा!खास रैछ ।

बाँच्यौ भनी मक्ख पर्छन,यहाँ मान्छेहरु
साँचो जीवन बचाउने संघर्ष नै सास रैछ ।

जिन्दगीमा हाँसो,खुशी सबै नै अमुल्य छन
खुशी,हाँसो अँगाल्नु मात्र जीवन ह्रास रैछ ।

(अमेरिका )

No comments: