गजल


आचार्य प्रभा

कहिलेकँहि नशाले तिमी , मात्तिएको मन पर्छ
नशाको झोंकमा मसँग, तात्तिएको मन पर्छ ।

मन हो बहलाउन,जे सुकै गर तिम्रो खुशी
नशाले छाडेपछी फेरि,आत्तिएको मन पर्छ ।

म त तिम्रै चाहना हुँ,रिसाउ वा खुसाउ मसँग
रिसले होइन,दङ्याएर, पात्तिएको मन पर्छ ।

मनले माया गरेपछी,हर कुरा नै मीठो हुन्छ
म सँग रिसाएर,कागज झैँ च्यात्तिएको मन पर्छ ।

(अमेरिका)
(गजल बिशेष गरेर शुरा,सुन्दरी लाई लिएर पहिला लेखिने गरिन्थ्यो आजकल भने बिभिन्न कुरालाई समेटेर लेख्न थालिएको छ यो शिशु गजलमा मैले पनि अलिकती नशाकै चर्चा गर्ने प्रयास गरेकिछु )

1 comment:

Collection from world said...

नसाको बिषयलाई लिएर कोरिएको यो गजल वजनदार छ। अझै लेख्दै जानुहोस प्रभा जी शुभकामना।