दुर्इ गीत


विवश वस्ती
१.उकाली चढेँ...

उकाली चढेँ धेरै, ओराली झरेँ धेरै
हिँड्दै जाँदा लेक-बेसी भए आफ्ना मेरै

सुसाउँथे खोलीहरु मेरै पदचाप सुन्दै
पाखा पर्वत आफ्नै सुरमा रम्थे मन बुन्दै
भञ्ज्याङको चीसो हावा भए सबै मेरै
उकाली चढेँ...

क्षितिजले अँगालोमा बेरुँजस्तै गर्थ्यो
बतासैले आफ्नो भाका फेरुँजस्तै गर्थ्यो
नागबेली बाटाहरु मार्न खोज्थ्यो फेरै
उकाली चढेँ...

२.भीरको फूल...

भीरको फूल जस्तै हुँ म, कुबेलामै ओइली झर्छु
न कसैको पीरमा पर्छु न कसैको शीरमा पर्छु

ढुङ्गामाथि झरेँ भने सुक्छु घामले पोली
माटोमाथि झरेँ भने कसले सुन्ला बोली
खै को लठ्ठीएला सुँधी मेरो बास्ना
एकै पल जिन्दगीमा पाइएन है हाँस्न

सुम्सुम्याउँछ कुनै बेला जूनको थोपा झरी
हल्लाउँछ बतासैले मीठो मुस्कान छरी
भीरभन्दा छैन अर्को मेरो कुनै संसार
क्षितिज पारी हरायो कि मेरो रङ्गीन बहार

सबैलाई एउटै सजाय हुनु पर्छ


स्यानु पाईजा

उनकै वरीपरी डुलेर
उनलाई मनपर्ने कुरा सुनाएर
जानी जानी मैले अन्याय गरे
पहिलो चोटी उनीलाई
आई लभ यु भने
उनको रहर मैले सोधिन
उनको ईच्छा सोधीन
मायामा मैले जित्नुको पिडा
उनि गर्भबती भएर सहिन
पुगेर मृत्युको मुखमा
कठोर यातना सहेर फर्किईन
यो नारीको पिडा नबुझ्ने
पहिलो पुरुष भने म मात्र होईन
यहाँ सयौ छन म बाहेक पनि
जस्ले महिनाको सिमित रकम पठाएर
बफदार पतिको अभिमान बोक्छन
अंगालोमा अरुलाई बेरेर
पत्नीलाई तिम्रो बारेमा हल्ला सुने
फोनमा काल्पनिक कुरा पोख्छन
जीन्दगीको माझधारमा ल्याई
छाडी दिने महान मायालु हरु
तिमीलाई जन्माउने आमाको पिडा
तिमिले कहिल्यै बुझ्ने छैनौ
किन कि तिमीले गर्भबती बन्नु पर्दैन
बर्षौ शिशुको पाईखाना बन्नु पर्दैन
रात अनिदो बस्नु पर्दैन
सानो सानो बिमार मा आत्तिएर
डाक्टर, धामी-ओझा धाउनु पर्दैन
घर-ब्यबहार सँग जुझ्दै
पतिको ताना सुन्नु पर्दैन
साहेद यो कोहि पति लेख्दैछ
असल पति होईन
अरबपति बन्ने सपना बोकेर
उस्ले रोजेको रोजाईलाई भुलेर
तर उ न पति नै बन्न सक्ने छ
न अरबपति नै --------------
उ हमेसा कंगाल नै रहेनछ
हरेक मोडमा पर्खने पत्नी
पर्खाईमा नै मर्नेछिन
म जस्तै तिमी, तिमी जस्तै उ
सबैलाई एउटै सजाय हुनु पर्छ
अर्को जुनी मा तिमीले नारी हुनु पर्छ

अदृश्य लडार्इ


केवल गंगा गुरुङ

यी रुखका हाँगा पातहरुले
उचाई छापी दिएर
मेरो जिन्दगीको लहरा
मौलाउँन पाएन
फेदमै गुज्रिरहेको
मेरो जिन्दगीलाई
घाँस मुठा पार्नेले
दाउरा भारी बाध्नेले
मेरो जरा समेत उखेलेर
नाम निसान मेटाउँनलाइ
सुर कस्दैछन्
मेरो यो जिन्दगीलाई
कसरी जोगाउँ
कुन पाखामा लगेर
मौलाउँने अवशर दिउ
खिचातानी यी भिषण लडार्इ
म कसरी जितु ?

गीत


आचार्य प्रभा

तिम्रो इर्ष्या मेरोलागी अझ मीठो माया हुन्छ
तिम्रो डाहा मेरो लागि मनै छुने साथ हुन्छ ......

जब रिसले मुख मोड्छौ झनै मनले तिमीलाई खोज्छ
जब शंका तिमीले गर्छौ अझै माया पाए झैँ लाग्छ .......

तिम्रो गाली मेरो लागि अझ मीठो बाणी बन्छ
तिम्रो घुर्की मेरोलागी सम्झनाको आधार हुन्छ ......

जब तिमी मौन हुन्छौ तिम्रै आवाज गुन्जिदिन्छ ...
जब तिमीले घुर्क्याउछौ मनभित्र खुशी फुल्छ ......

तिम्रो इर्ष्या .......................

(अमेरिका )

पाताल प्रवेश


छविरमण सिलवाल

लाहुरले
लाहुरे बनाएपछि
लाहुरमै रमाएका
नेपाली
आज पनि
बहादुरी देखाउँदैछन्
तर,
समय बदलिएको छ,
स्वरुप बदलिएको छ,
कम्मरमा खुकुरी देखिदैन
निरिह पशुहरु झैं
दलालका चङ्गुलमा फसेर
बेचिरहेछन्
रगत/पसिना

कति निरिह बन्छन्
उनिहरुको दृस्य
भगवानहरु
हुनतः
मान्छे एक्स्पोर्ट
गर्ने भन्दा
अरु केहि हुन सकेन
यो देशमा
भगवान भनाउँदाहरु
कर्म गर्नेहरुलाई
कुटो कोदालोको
बन्दोवस्त गर्न सक्त्तैन
मात्र उस्काउँछ
म ऋण दिन्छु
तिमीहरु पाताल जाउँ
रगत या पसिना बहाउँ
हात खुट्टा सद्दे हुन
या भाच्चिउँन
तर, देशलाई
पर्साद र भेटि चाहिन्छ
त्यसैले यो भूमिमा केहि छैन
कमाउँन पाताल मै जाउँ

एउटा जुकाले
जनतालाई
रैतिबनाएर चुस्नु चुसेर
खान पल्कको थियो
धेरै खाए पछि
अतिसार हुन्छ भन्थे
त्यो प्रमाण
आज आँखैले
देख्न पाइयो
अब,
बग्रेल्ति जुकाहरु
जन्मेकाछन्
खाँदैछन्
डकार्रर्दैछन्
शहिदहरुलाई लिस्नु बनाएर
घाइतेहरुका छटपटिमा
रमाइरहेकाछन्
अब कति दिन चल्ला ?
दृस्य भगवानका नौटङ्कीहरु
त्यसैले जागौं
चनाखो भएर सुतौ
तपाई/हाम्रो बस्ति
नजल्ला भन्न सकिन्न
किनकी
सधै अध्यारो नै मन पराउँनेहरुले
बक्तिको उज्यालो रुचाउँदैनन् -

गजल

केशव आचार्य

आगोसरी जिन्दगी यो जलिरहेछ
घाऊ दियौ मुटुभित्र बलिरहेछ ।

डोर्याउन खोजे पनि नियतिलाई
आँफैसँग मुर्झाएर झरिरहेछ ।

सत्य कुर तीतो हुन्छ आखिर सबैलाई
त्यसैले त भाग्यले छली रहेछ ।

पछी लाग्नु छैन मैले तिमीजस्ताको
आफ्नै बाटो जिन्दगीको चली रहेछ ।

(अमेरिका )

करेशा फ्रेश सब्जी पसलेका कुरा


स्यानु पाईजा,

आलु चार रूपैयाँ किलो
टमाटर छ रूपैया किलो
खुर्सानीको यति,लौकाको उति
लामै सुचि छ भित्ता भरि
यस बर्ष म्याग्दीलाई
वायरलेस नेटबर्कले छोयो
थ्याक्स महाबीर पुन
kresahfresh@yahoo.com
जानेर नजानेर याहुको बिज्ञापन
करेशा फ्रेशको शान मैले
भर्खरै किनेको नयाँ कम्प्युटर
नाफा त निक्कै भयो कि क्या हो
मैले सुन बेचेर किन्न नसकेको
तिमीले तरकारी बेचेर किन्यौ
ब्ल्याकमा त बेचिनौ ?
सुन-चाँदी पसलको मोहन दाईको मजाक
स्थानीय पत्रिकाले लेख्छ-
कम्प्युटर सस्तो भयो
अब तरकारी पसलेले पनि किने
ल हेर्नुस छापियो करेशा फ्रेशको फोटो
फोकट मै भयो मेरो बिज्ञापन
साहेद त्यही भटेर होला
दैनिक थपिने नयाँ च्याट फ्रेण्डस्
पहिलो सम्बोधन- हाय फ्रेश दाई
बासी तरकारी छ ?
आज आलुको शेयर घटेछ नी !
अर्कोले सोध्छ गाउँ बाट–
ईस्कुशलाई ईङलिसमा के भन्छ दाई ?
कुईरेलाई पकाईदेको नाम के हो सोध्दैछ
अ अअअअअअअअअअ खै के भन्छ ?
रुखमा फुल्ने मुला हो भन्देउ न हा-हा-
साहेद उ रिसायो होला गयो
अर्को आउछ बिदेश बाट-
ओके ले कस्को स्वास्नी भगायो र ?
बेनीमा धडेरी लाई कति हजार हात छ ?
उमेशले कत्तिको कमाको रैछ ?
बिबेकको धर पुरा भयो ?
कस्को को सँग चक्कर छ ?
मलाई जब्वरजस्ती कुराउटे बनाउनु खोज्छन
आमालाई कस्तो छ ? सोधेन्
बाबालाई कस्तो छ ? सोधेन्
यस्तालाई मैले दिने रेडिमेड
जबाफ छ – थाह भएन !
अर्कोले थप्छ- पलाँसको फूल भेटनु भो ?
यो लिङ्क हेर्नुस मेरो कबिता छ
यो लिङ्क मा जानुस .... छ
सत्ते ! बासी तरकारी सोध्ने बाहेक
मलाई जिस्काउने अरु केटी छैनन
मलाई बेला बेला मा जिस्काउने
कसैले पसलमै आलु छ सोध्दा पनि
मलाई उनैको याद आलो हुन्छ
अचेल उनको पनि आगमन छैन
साहेद टपिक पुरानो भएहोला
रस सकिएको चुईगम जस्तै
लागे होला- हाय फ्रेश दाई
बासी तरकारी छ ?
अब उनलाई के स्वाद
उनि सित मेरो गुनासो छैन
बरु ईस्कुसलाई रूखमा फल्ने मुला भन्देउन
बेमौसमको जोक होईन
मेरो ईङलीस कम्जोर भएर हो
किन कि मेरो किताव र डिक्सनेरीमा
के माने ईस्कुश भन्ने नै थिएन
सरी भाई नरिसाउ है ।

पात्लेखेत-७ म्याग्दी

ननिभ्ने दिप


दिलिप योन्जन

ननिभ्ने दिप हो, हाम्रो माया प्रिती
हासी२ जिबन बिताउ, मरे हुन्छै मिटी।

दुख सुख जिन्दगीको, जिउने मिठो आधार
जन्म२ रहन्छ माया, इतिहास भै अमर
नसुक्ने खोला हो, हाम्रो प्रेम काहानी
हासी२ जिबन बिताउ, मरे हुन्छै खरानी।

माया ठुलो सन्सारमा, हिरा मोती भन्दा
मरेर नि बाचेकाछन, मायामा ज्यान दिदा
नरोकिने यात्रा हो, युगै युग भरी
हासी२ जिबन बिताउ, लानु केछ मरी।

अस्टिन, अमेरिक

बुद्घ

विमल गुरुङ्ग

शास्त्रीय बुद्घ , बेकार, बेकार, बेकार, बेकार !
मलाई लाग्दैन
गेरुवस्त्रले
मान्छेलाई बाँधेको फलाम काट्न
हयाक्सोको काम गर्छ ।

धर्मले कुन मान्छेको घाउ निको पारेको छ !
विश्वको कुनै पनि धर्मले बादल चिरेको छैन
खुला आकाश हाम्रो आँखा अगाडि राखेको छैन
बादलबाट
आँखा हटाएको छ बरु, आँखा हटाएको छ
धर्मः सिर्फ मर्फियाको इन्जेक्सन !
बुद्घ ! सैनिक पोशाक लाउँछौ ??

परिचय
नाम स्वर्गीय विमल गुरुङ्ग
ठेगाना बुद्घ चौक, धरान-१८
जन्म कार्तिक १९, २०२८
मृत्यु बैशाख २४, २०४८ (बस दुर्घटनामा)
कृति कविता संग्रह 'आगो बल्दैछ'

म दिलबहादुर लिम्बू


किराँती भोगेन एक्ले

हजुर, म दिलबहादुर लिम्बू
जिन्दगीदेखि आजित
खुल्ला आकाशमुनि ओतिएको म
आज शिकार भएको छु एउटा सन्की सिपाहीको
यो सम्पतिले पुरिएको सहरमा
सयौंतले खण्डहरहरुको घुइँचोभित्र
मेरो लागि खाली मात्र म अटाउने
एउटा छिँडी नमिल्दा
हजारौँ रित्तो महलहरुको खिसीट्युरीदेखि दूर
एकलासको एकान्तमा लुकेको म
आज शिकार भएको छु एउटा आततायी शिकारीको
के थियो मेरो त्यस्तो बिराम्
यो समाजमा उभ्याउन नसकेर आफूलाई भागेको म
यो समाजबाट अर्घेलो भई खेदिएको म
कसको लागि त्यत्रो खतारा बनेँ
र मेरो खप्परमा सजाय गोली लेखियो
के म दिनदहाडै सहरमा गर्जने ताइलो थिएँ ?
कि शरीरमा बारुद भरेर निस्किएको आत्माघाती थिएँ हँ ?
मैले लिका सिङहरुको घरबारी खरबारी लुटेको थिइनँ
न मैले अराजकता नै फैलाएको थिएँ यो मुलुकमा
होला, बिराएँ हुँला केही
एउटा नाबालकले ओछ्यान मुतेजस्तो
नपाएर साथीभाइको जस्तो खेलौना
हीनताबोधले तड्पिएको बेला
तमासा मच्याएँ हुँला उफ्रिएर
यतिकैमा गुमाएर होस
ठोकेर मेरो निधारमा गोली
उतार्नु मिल्थ्यो त रीस अभिभावकले ?
मेरो रगतको रङ्ग पनि उस्तै त थियो
उसकैजस्ता थिए होलान् सपनाहरु पनि धेरै
मेरो तस्बीर शिरानी लाएर सुत्ने पत्नी
बाबा कुरेर बसेका बचेराहरु
म फर्की आउने बाटो हेर्ने धमिला आँखाहरु
उस्तै त थिए मेरा पनि उसकोजस्तै
खै त मानवता ?
खै त यो सभ्य समाजको
सभ्य तालिम प्राप्त विवेक ?
थुप्रै सपनाहरु किन्न निस्किएको म पर्देश
यो जाली समयले आज उल्टै मलाई बेचिदिएपछि
जीवनलाई बगाउन नसकेर अरु धेर
किनारा लाग्दा एकाछेउ
यो मान्छेहरुको सहरमा
म एउटा मान्छे
मान्छे हुनुको पहिचान हराएर
अमान्छे बाँचेको बेला
ममा मान्छे खोज्दै मलाई
एउटा मान्छेले नै निलेको छ आज
ठूलो माछाले सानो माछा निलेजस्तो स्वात्तै
महिनौँदेखि भोक र शोकले गलेको ज्यान
बाउँठी सकेका हात गोडाहरुमा के थियो र पाइन
एउटा हट्टाकट्टा सिपाहीलाई लतार्ने
के थियो र त्यस्तो शक्ती ममा
र उ सुरियो मेरो निधारमा गोली दाग्न
होसियार
ऐ हेनेन्सी रोडबासी मोहमद आलम
सामसुइपो पार्कबासी अपो, लोयम र स्युख्यङहरु
आकाशे पुलमुनि ओतिहिड्ने मेरा सजातिहरु
यो माउसुलीहरुको स्वर्णद्वार
पुतलीहरुको पासो
यो कालो माकुरी जालोले
भोलि तिम्रो पनि परिचय माग्न सक्छ
तिम्रो पनि थाँतबास खोज्न सक्छ
र त्यो बेला
नरन्कनु तिमी आफ्नो परिचय हराएको झोँकमा
नभन्नु उसलाई आफू बेवारिसे, बेघरबार भएको सत्य
नत्र उसले आफ्नो बहादुरी देखाउन सक्छ
मलाई जस्तै निधारमा तिमीलाई पनि गोली ठोक्न सक्छ
ड्याङ, ड्याङ, ड्याङ ।

(१७ मार्च २००९ का दिन होमान्तीनमा एक हङकङ प्रहरीको गोलीबाट अनाहकमा मारिएका नेपाली दीलबहादुर लिम्बुलाई श्रद्धाञ्जलीस्वरुप ।)

गजल


आचार्य प्रभा

खुल्ला किताब सम्झिएर पढ्न खोज्यौ कि ?
बिझाउने काँडा बनी गड्न खोज्यौ कि ?

रोकिएका पाइलाहरु अघी सार्न खोज्दै
मेरो हात समाइ अघी बड्न खोज्यौ कि ?

आफ्नो ब्यथा लुकाएर मनभित्र भित्रै
मेरो पीडा पैंचो माग्दै लड्न खोज्यौ कि ?

शितल त्यो मनभित्र किन राप पाल्छौ ?
मेरो मनको ताप लिइ डढन खोज्यौ कि ?
(अमेरिका )

गणतान्त्रिक धुन


टंक सम्वाहाम्फे

आजभोलि गणतान्त्रिक धुन
निरन्तर वजिरहेछ
हामी त्यहि धुन सुनेर
खुशीयाली मनाईरहेछौ
यी धुनहरुसंगै
अरु धुनहरु पनि वज्न थालेकाछन्
र तालहरु पनि फेरिन थालेकाछन्
त्यसैले धुनहरुमा अनेकता पाईन थालेकाछन्
धुनहरुमा विभिन्नता देखिन थालेकाछन्
यसरी हामीहरु आआफ्नै धुनमा
खुशीयाली मनाईरहेछौ

कोही भन्छन्
राजाको अवशान पछि
संघीय गणतन्त्रको धुन बजेको हो
कोही भन्छन् दशवर्षे जनयुद्घले
कोही भन्छन् बाह्रवर्षे प्रजातान्त्रिक अभ्यासले
कोही भन्छन् आम नेपालीको चाहानाले
जेसुकै भएपनि गणतन्त्रको धुन
आजभोलि निरन्तर वजिरहेछ
माथि देखि तलसम्मकाले
यो धुन बजाईरहेकाछौ
अथवा त्यसको उपभोग गरिरहेछौ
त्यसैले त अनेकौ धुनहरु सुनिरहेकाछौ
अव कुन धुनलाई कसरी सुन्ने होला ?
किनकी कसैका धुनहरु मिल्दैनन्
थरिथरिकाछन्
कसैका तालहरु मिल्दैनन्
परिपरिकाछन्
यहाँ मात्र आआफ्नै धुनहरु बजिरहेकाछन्
सवैको एउटै धुन बन्न सकेको छैन
सवैको एउटै ताल हुन सकेको छैन
तर यो गणतन्त्रको धुनमा
नाच्नेहरु आआफ्नै तालमा नाचेकाछन्
कोही हर्षे नाचेकाछन्
कोही विस्मतले नाचेकाछन्
धुनहरु बज्न थालेपछि
सवैलाई आआफ्नै तालले नाच्न मन लाग्छ
यो गणतान्त्रिक धुन हो
त्यसकारण धुनको समान अधिकार छ
सायद त्यसैले होला मान्छेहरु
कोहि राष्ट्रिय धुनमा छन्
कोहि अन्तर्राष्ट्रिय धुनमा छन्
कोहि संघीय धुनमा छन्
कोहि क्षेत्रीय धुनमा छन्
कोहि जातीय धुनमा छन्
कोही छुट्टै राज्यको धुनमा छन्
जे होस् गणतान्त्रिक धुनलाई
सवैले सुनेर उपयोग गरिरहेछन्
भोलि यो धुन कसरी वज्दै जाने हो
थाहा छैन
तर धुनले हरेक दिन उचाई लिदैछ
स्थायित्व कायम गर्दैछ
त्यसैले त धुनहरुसंग
समूह देख्न थालिएका छन्
मण्डली भेट्न थालिएका छन्
तर यहाँ अझै पनि मान्छेहरु
कति शास्त्रिय धुनमाछन्
कति आधुनिक धुनमाछन्
कति उत्तरआधुनिक धुनमाछन्
यर्सथ सवै नेपालीहरु आआफ्नै धुनमा छन्
सवै नेपालीहरु आआफ्नै तालमा छन्
कसैले कसैका धुन सुनेका छैनन्
कसैले कसैका ताल बुझेका छैनन्
मात्र गणतान्त्रिक धुन बजिरहेछ
सत्ताकालाई सत्ताको धुन बजिरहेछ
पदकालाई पदको धुन बजिरहेछ
तर जनताहरुलाई भने
महङ्गी ,गरिवीको धुन बजिरहेछ
चोरी,डकैती,हत्या,अपहरणको धुन बजिरहेछ
यथार्थमा असुरक्षाको धुन बजिरहेछ

एउटै देशका भिन्नभिन्नै धुनहरु
एउटै देशका वेग्लावेग्लै तालहरु
गणतान्त्रिक धुनसँग मिसीएर
निरन्तर वजिरहेकाछन्
कतै चर्को कतै मधुरो बजेकाछन्
कतै मधुरो कतै चर्को सुनिएकाछन्
तर धुनहरु सवैतिर बजिरहेकैछन्
वास्तवमा सत्ताका धुनहरु
तल धेरै सुनिएकाछन्
जनताका धुनहरु माथि थोरै मात्र सुनिएका छन्
यहाँ गणतान्त्रिक धुन यसरी नै गुन्जिरहेछ

हामी सवैले सुनिरहेकाछौ गणतान्त्रिक धुन
मज्जैले सुनिरहेकाछौ
त्यहि धुन सुनेर
खुशीयालीको मनाईरहेकाछौ
तर यो धुन
अव कहिले सम्म बज्ने हो थाहा छैन
तै पनि हरेकले धुनको आशा गरेकाछन्
तै पनि हरेकले धुनको भरोसा गरेकाछन्
किनकी यो धुन युगौंपछि
गुन्जेको मौलिक धुन हो
त्यसैले धुनसँग हरेकको जिवन गुन्जिनु पर्छ
त्यसैले धुनसँग हरेकको विचार समेटिनु पर्छ
किनभने यहि धुनको लागि
धेरैले रगत वगाएकाछन्
धेरैले पसीना पोखाएकाछन्
धेरैले सिंदूर पुछेकाछन्
धेरैले आफन्त गुमाएकाछन्
तसर्थ गणतान्त्रिक धुन मात्र धुन वन्नु हुदैन
देशको धुन वन्नु पर्छ
विकासको धुन वन्नु पर्छ
शहिदको सपनाको धुन वन्नु पर्छ
समग्रमा नेपाली जनतालाई सम्वोधन गर्ने धुन वन्नु पर्छ

गजल


भूपेन्द्र महत

तिम्रो दिलमा उस्ले आज झन्डा फरफरायो
बिना युध्द हार भो मेरो छाती चराचरायो

रुप उही रंग उही ढंग फेरियो कि कतै
धेरै पछी भेटदा तिम्रो ओठ थरथरायो

तिम्रो प्रेम माग हो कि अनुरागको दाग
काँडा रैछ तिम्रो मनमा मुटु दरफरायो

नजर नजरमै नजर बोली मन घोल्थेयौ
खाटा बसेको घाऊ बल्झी फेरी परपरायो

फुल जस्तो सुकोमोल म्रिगको जस्तो नयन
त्यो नयनमा किन आज आगो भरभरायो

नयाँ संयुक्त शब्द-लुकेको दर्द


स्यानु पाईजा

मौरी चाहेर पनि पुन: डस्न सक्दैन
साहेद उसैलाई थाहा हुदैन
उस्को डसाई अन्तीम डसाई हो
उस्को डसाई नजानिदो आत्महत्या हो
ब्याख्या फरक फरक होलान
कहि आत्महत्या भनिएला
कहि सच्चा सिपाही
कतिले शहिद नै भन्लान
आत्मरक्षाको लागी झुकेन
लडेर मर्यो शाहासिक मृत्यु
शब्दहरु मनचाहे बटुल्न सक्छौ
शब्दको हामीलाई अनिकाल छैन
हामी बेला बेलामा भन्छौ
शहिद शब्दको बजन घटेर
सहिद हुन लागेको छ
हामीलाई अभिनय गर्न राम्ररी आउछ
नक्कली आँसु निकाल्न जानेका छौ
शब्दको अर्थलाई बङ्गयाएर
अनर्थ ब्याख्या गर्ने जानेका छौ
मानव अधिकारका लामा लामा लेखमा
हृदय छुने सुन्दर सुन्दर कबितामा
नाँचु नाँचु मनै चम्काउने गीतमा
कति मार्मिक प्रयोग गरेका छौ हामी
छानी छानी सुन्दर शब्दहरु
तर यस्ता शब्दहरु छन जस्ले
बिभेदलाई पुन: जन्माउदैछ
दलित शब्द यो कतिले सुनेको
कतिले भोगेको आजिबन सजाय हो
जन्म सँगै जोडिएरको
अचेल जनजाती शब्दलाई उचालिदैछ
मलाई लाग्न लागेको डर
यो पनि एक दिन हाम्रो लागी
जन्मजात सजाय बनेर जोडिनेछ
हामी बिस्तारै माथि उठ्न लागेको बेला
हामी केहि पाईला अगाडी बढ्न थालेको बेला
यि शब्द उचालिदैछ ...................
हामीले मलमलगाई सकेका धाँऊहरु
फेरी बाहाना बनाएर कोट्याईदै छ
फेरी शब्दहरु उट्काएर
तिमी दलित हौ
तिमी जनजाती हो
हुदा हुदा अहिले दलित-जनजाती
नयाँ संयुक्त शब्द निर्माण गरेर
जनजाती पनि दलित थिए
भन्ने अर्थ निकाल्दै
राजनितिक पासा फेकिएको छ
यो मुद्दा उठाएर १/२ नेता सत्तामा पुग्लान
३/४ जनाले भत्ता पकाउलान
तर देश र बिभेद झन नयाँ भर्जनमा जन्मनेछ
बरू हुन्छ भने यो शब्दहरु नै प्रतिबन्ध हुन पर्छ
बिकास भयो भने यो आफै उन्मुलन हुन्छ
कुनै युगको दरलाग्दो कुष्ट रोग र पलियो उन्मुलन भयो
बिकासले यो फलाना- ढिस्कान हेपाहा शब्दहरु
ऊन्मुलन हुनेछन, यस्लाई बल गरेर उचाल्नु भन्दा
त्यो भन्दा कम बल बिकासमा लगाए हुन्छ
हेरेक तहले यस्तो बेलामा योगदान दिनु जरुरी छ
शब्द र अर्थको राजनितिक पासा बाहेक
हामी र नेपाली भएर हातेमालो गरौ
हामी माग्ने मान्छे होईनौ अधिकार लिन जानौ
हामीले पटक पटक दिएका छौ
आन्दोलन, भोट, चन्दा................??
शब्दको धनचक्करले जेलेको छ हामीलाई
अझै अन्तिम लडाई बाँकी ??
कति लडाई लड्ने ? हरेकले सोचेर लडौ
हामीलाई जाती,दलहरु मा बिभाजन गरेर
फाईदा लिने बिरुद्व एक जुट भएर लडौ

पात्लेखेत-७ , म्याग्दी

मुङलाने मन


केवल गंगा गुरुङ

धेरै.....................
लामो समय भो मेरो नाममा
सेतो क्यान्भासमा रातो र निलो धर्काले
रङ्गएिको खाम नआएको
किन टुट्यो खै -यात्रा) नाता
कसले रोक्यो कुन्नी त्यसको बाटो
यहाँ तड्पेर मात्रै के हुँदो रहेछ र आखीर
उसले पाईला डेग नसारे पछि
दिनानु दिन पहिरिदै छु मन
तिमीलाई प्यारो गर्ने थेवा आमा भन्ने
शब्द दोहोर्याउँन नपाउँदा
हुनत त्यता पनि त्यस्तै होला
नेपाल बन्द चक्का जाम
पहाडको त्यो झुपडीमा मेरी थेवा आमालाई
भयो ..कि अहिले के खाम भरै के खाम
फेरि बन्दुकको थ्रीनाल सफा गर्दैछन् रे
राष्ट्रवादीहरु
कहिले कहि त यतै मरु की
जस्तो लाग्छ बरु
हतासीएर मनहरु
किन कमजोर बनि रहेछ
मेरो झुपडीको टुकी उकास्ने सपना
किन धर्मरार्इ रहेछ
आज सम्म थेवा आमाको घलेक
छुन पाएको छैन
मेरो मन यहाँ छोडी
त्यहाँ नपुगेको पनि होइन
बिवशी रहेछ जिन्दगीमा एउटा
जा ............गीर भन्ने
ब्यथित मनलाई समुद्र पारी
खै कसरी बाँध्ने
हावा हुरी भए त मन
उडि जान्थ्यो क्षण मै
मेरो गाउँ नेपाल हेरि बाँच्नु पर्यो आज
सिनेमाको घर मै

गजल

केशब आचार्य

माया हाम्रो बतासले झारेको त्यो पात भयो
मुटुभित्र घाउ दिने गाउँ घरको बात भयो ।


अजम्बरी होला भनी औंठी चिनो लाइदिए
पिरतिले उनिएको माला च्यात्ने हात भयो ।

एकोहोरो हुन्न भन्थे माया साट्ने मुटुहरु
निष्ठुरिको अङालोमा भुल्दा आज बात भयो ।

फूल्नु थियो जिन्दगीमा कोपिला मै झरिगयो
मेरोलागी तिम्रो माया नपिएको मात भयो ।

(अमेरिका )

गीत


आचार्य प्रभा

भो पैसामा माया म किन्न चाहन्न
मन नभएको निष्ठुरिलाई चिन्न चाहन्न ...
म त भावनामा सधैं हराउने मान्छे परेँ
त्यसैले माया मैले अबिस्वाशिलाइ गरें ...

भो बजारमा माया म बेच्न चाहन्न
आफ्नै गला स्वार्थमा रेट्न चाहन्न ...
म त निश्छल्तामा सधैं डुब्ने मान्छे परेँ
त्यसैले त यो मुटुले विश्वास धेरैलाई गरें
भो पैसामा ...

(रचना २०५८ साल )

नयाँ वर्ष


केदार श्रेष्ठ'गगन'

पात्रो फेरेर
वूढो पार्दै मान्छेलाई
यो पल्ट पनि
आगमन भयो
नयाँ वर्षको
र असिमित भन्ज्याङ्ग र घुम्तीहरु पार गर्न
एक खुडि्कलो उक्लियो जीवन

वेहुली अनिमएको घर मन
प्रत्येक आफ्नो बुढ्याईसँगै
सृजना गरिरहेछ नयाँ-नयाँ संस्मरणात्मक कृतिहरु
र अभाव अनुभूति गरिरहेछन् आँखाहरु

प्रत्येक वसन्तसँगै उपस्थित हुने नयाँ वर्षाई
देखेजस्तै मान्छेले
खै ! कहिले देख्लान्
पूरा भएको यी आँखाहरुले
उसले बनाउदै गरेको अमूर्त चित्र

पशुपति र रत्नपार्कको छेउछाउमा
हात पसारेर बस्ने
मान्छेहरुको पेटभरि अन्न,
आँखाभरि सपना पाल्दै
भारी बोकेर जीवनभरि
पिठ्यू रित्तै देखाएर हिड्ने
भरिया दाइको आङ्गभरि लुगा
र परदेशीएका मायालुहरुको खोजीमा
गाइने असिमित गीतहरुको अन्तिम अन्तरा ।

भीमस्थान-५,सिन्धुली
हाल-अनेसास यू.ए.र्इ.च्याप्टर

क्याफे माया


टंक वनेम

साइबर क्याफेमा
माउस हल्लाउँन थाले देखि नैं
मुटु हल्लिन थालेको थियो
प्रेमिल शब्दका स्पर्सहरुले
मनको लिङगे पिङ् मच्याउँन बेर लागेन
कति छिट्टै
बिजुली संम्बन्धको लठ्ठामा
वारिपारि तर्ने
मायाको पुल बन्यो
साइबर क्याफेको माया अग्लियो
बयरको रुखहरु झैं झ्याङगीयो
इमाइलका च्याटहरुले
मायाको बैना बाँधीयो
भएन
प्रेमको आधार शिबिर खडा गर्दै
जीवन यात्राको शुरुवात गर्न
कसमको तराजु जोख्यो ।

एकदिन गफैगफमा
तिमीले जीवन दर्शनको कुरा लेख्यौ
मैले पनि जीवन दर्शन भोगेको सत्य बताएँ
भोग्नु र पढनुको भिन्नताले ठयाक्कै
हामीले बाँचेको बशन्त छुट्टयिो
लाग्छ-
त्यही दिन देखि साइबर क्याफेको पुल
छिन्दै गयो,मक्किन्दै गयो
र एक दिन च्वाट् चुँडियो
क्याफे गफको माया
माउसको तीर जस्तै तिखो हुँदो रहेछ
शायद-
तिमी जस्तै क्याफे मायालुहरु
माउसको तीरले ल्किक गर्दै
मनीटरको स्क्रीनमा मज्जाले
मुटुको ब्याथा हेर्ने गर्दा रहेछन् ।

कवि एस्. पी. कोइरालालाई प्रश्न


भानेन्द्रकुमार लिम्बू

कविज्यू !
के कविता कोरा कल्पना मात्र हो ?
न्याय र सत्यका कुरा
के कविताका बान्की मात्र हुन् ?

कुन त्यस्तो साहित्य छ ?
जहाँ कविले
न्यायको हत्या गरेको छ
निर्मम् र क्रुर बनेर !

म बाँचेको संसारमा
मैले पढेको कवितामा
मैले पढेको इतिहासमा
ठूला-ठूला तानाशाहहरु
तहसनहस भएका छन्
अनि
ढलेका छन्
तिनका आलिशान महलहरु
तासका घरसरी
कविका शब्दबमबाट
न्यायको पक्षमा
के कविज्यूको संसार अर्कै हो ?

कविज्यू !
के कविता मिथ्या हो ?
के कविता आडम्बर हो ?
होइन भने-
कविज्यू !
तपाई केका लागि
लेख्नुहुन्छ कविता अथवा गीत ?
सौन्दर्य बयानको लागि !
त्यो पनि त-
न्यायकै पक्ष हो नि !
होइन र कविज्यू ?


कविता 'सृजना' हो
सृजना विनासको द्योतक
हुनसक्दैन कदाचित् पनि
कि हुनसक्छ त कविज्यू ?
कविता 'जीवन' हो
जीवन्तता यसको धर्म
'कविता' हृदयको मर्म पनि
कि होइन त कविज्यू ?
ठूला-ठूला संग्राम बोल्छन् कविता
अन्याय भयो भने
बलिदान दिन्छन् कवि
आवश्यक परेमा
किनभने-
कदाचित् देख्न सक्दैनन् कवि
न त सहन नै सक्छन्
अन्याय अनि अत्याचार ।

तर कविज्यू !
तपाईको कलमले
मसिको ठाउँमा
रगत छादेको छ
सौन्दर्यको बयानको सट्टा
जघन्य अपराध लादेको छ
अनि
दिनलाई रात
रातलाई दिन
लेख्दैछ दम्भकासाथ ।

विनम्र अनि शालिन शैलीमा
र्इमान्दार कानून्को पालक भएर
न्याय माग्दैछ वर्षौदेखि
जसलाई-
विवेकमा बिर्को लगाएर
पट्टी बाँधेर आँखामा
निरापराधलाई सजाय दिइयो
मालिकको ठाडो आदेशमा
कविज्यूबाट
कविको धर्मलाई बन्धकीमा राखेर,
तर
कविज्यूको कलम
चुपचाप छ
सुनुवाइमा कन्जुस्याइँ गरेर
बरु
समर्थनमा पाखण्डपूर्ण कुकर्मको
लागेको छ छाती खोलेर अहोरात्र
नयाँ नयाँ षडयन्त्र रच्न
अभ्यस्त भएर दुष्कर्म गर्न
मालिकको सेवामा ।

वास्तविक कवित्व धर्म
के यही हो
कवि एस्. पी. कोइरालाको ?
के देख्नै नसक्नेगरी
मोतिबिन्दु भएकै हो
कविज्यूको आँखामा
२१० र २१२ छुट्याउनै नसक्नेगरी ?
कविज्यूको आँखामा
फुलो परेकै हो त ?
फुलो परेकै भए पनि
भित्री आँखा त
बन्द नहुनु पर्ने ?

कविज्यू !
जनताको अधिकार खोसिएको छ
देखेर हो वा नदेखेर ?
तर
न्यायको हत्या भएको छ कविज्यूबाट
एउटा कवि
हत्यारा भएको छ
मेरो दृष्टिमा ।

कविज्यू !
छद्मभेषमा अपराधी
मीठो भाषा बोल्ने
नौरङ्गीको रुपमा
अत्याचारी प्रशासक
के एस्. पी. कोइराला
कविको रुपमा
साक्षात्कार भएको मात्रै हो त ?
'कवि' बहाना मात्रै हो त ?
होइन भने-
किन जोतियो न्याय लेख्ने कविको कलम
जनताको भाग्य विनास गर्न ?
किन वञ्चित गरियो त्यो कलमबाट
ऐनप्रदत्त अधिकार भोग्न ?
किन बोल्दैन कवि हृदय
आँखा अघिल्तिर
हजारौं जनता न्याय मागिरहँदा ?
त्यसैले-
यो चेतावनी कविज्यूलाई
"बस्दैनन् जीवनहरु
मूक दर्शक भएर
हातमा दही जमाएर
समय परिवर्तित् भइसकेको छ ।
आवाजहरु दब्दैनन्
कदमहरु पछि र्सर्दैनन्
किनकि-
जीवन, आवाज र कदम
जनता हुन्
संघर्ष गर्न अभ्यस्त भइसकेका छन्
समय तिनका गुरु ।"

काठमाण्डौ
२०६५/११/२०
द्रष्टव्यः कवि एस्. पी. कोइराला नाम चलेका गीतकार पनि हुन् । यिनी लोकतान्त्रिक नेपाल सरकारका वर्तमान जलस्रोत सचिव हुन् । सचिवको रुपमा यिनी शंकरप्रसाद कोइरालाको नामले चिनिन्छन् । यिनले आफ्ना सिर्जनामार्फत जनमानसमा जसरी आफूलाई सत्य र न्यायको पक्षपातीको रुपमा प्रस्तुत् गरेका छन् त्यो झुठो रहेछ भन्ने प्रमाण स्पार्क कम्पनीमाथि गरेको अत्याचारबाट स्पष्ट हुन्छ । नेपालका नदीनाला आफ्नो पैतृक सम्पत्ति ठान्ने जलमाफिया र राजनीतिक बेस्याहरुका दलालको रुपमा यिनी प्रस्तुत् भइरहेका छन् । यिनलाई नेपालका नदीनालाहरु आफू सचिव हुँदै बेच्न हतारो छ । विस्तृत जानकारीको लागि स्पार्कको अपील सम्लग्न गरिएको छ । तपाई सचेत र न्यायका पहरेदार साहित्यकारहरुबाट न्यायिक संघर्षको लागि सहयोगका हार्दिक अपेक्षा राखिन्छ ।

आमा तिमीले छाडेर जाँदा


सुनिता गिरी

संसार सबै आफनै लाग्थ्यो,खुसी सबै मेरै लाग्थ्यो,
जिवनमा शोकको बाढी आउँदा,
अनायासै जिवनमा पहिरो जाँदा
ममताले भरिएको कोमल मुटु , छिया छिया भएर फाटिदिदा
जाली रुमाल झै बुनेका सपनाहरु ,
छरपस्ट भुइभरी छताछुल्ल पोखीदा,
कलम बाट कविता होइन,
आँशु बग्दो रहेछ ,भक्कानीएर मुटु फुट्दो रहेछ ,
आमा तिमीले छाडेर जाँदा ।।।२
आकाश नै खस्दो रहेछ ,धर्तिनै फाटदो रहेछ
ममता लुटिएर एक्लो हुँदा ,खुर्सानी लगाएको घाउझै यो मन
मुटु चहराएर पोल्दो रहेछ
पदचाप आफै रोकीदो रहेछ ,अश्रुधारा बग्दो रहेछ
कलम कोक्काइ कोक्काई रुदोरहेछ ,सृष्टिनै कम्पमान हुदोरहेछ ,
आमा तिमीले छाडेर जाँदा ।।।२
किनेर कतै नपाइदो रहेछ
खोजेरै पनि नभेटिने रहेछ ,
र्साईनो गासेर नजोडीने रहेछ ,
आमामा आत्मियताको भंडार रहेछ
यो पल शोकले छोइरहेछ ,यो नयन साउन झै रोइरहेछ
आमा तिमीले छाडेर जाँदा ।।।२
कति निष्ठुरी रहेछौ ,इश्वर ,
आमाको माया खोसीदियौ ,
मैनबत्तिको शिखाझै पग्लीरहेछु ,आशुकै सागरमा डुबिरहेछु ,
आमालाइ लग्यौ टपक्कै टिपेर,
पहिरो जस्तै भत्किरहेछु ,असहज समय गुजारी रहेछु ,
आमा तिमीले छाडेर जाँदा ।।।२

हङकङ
नोट - सम्पूर्ण हाम्रा शुभचिन्तकहरुमा धन्यबाद टक्राउन चाहान्छु यस दुखद क्षणमा आफनो आफनो स्थानबाट हाम्रो परीवारलाइ सान्त्वना र शान्तिको कामना गर्नु भएकोमा यहाँहरु प्रति आभारी छु ।

खौल परेको देश दाम्ला परेका नेता


पुरुशोत्तम सुबेदी

थिय तिनका कुनै घडी सिखा टुपिका - जुल्पी लर्काउने भय ।
थियो सोझो जमाना शान्त पटलमा - नेता भनाउदा भय ।।

थान्कोट देखी सुरुहुने भुमी जनतालाई - बुझाई नेपालको थियो ।
शोझा जनता देउतासरी थिय त्यसबखतमा - सास्ती राणाले दियो ।।

गाउमा रगरग मुखिया जिम्मुवालको - जिल्लामा काजीसाप ठालु ।
बिना सित्तै तिरोभरो उठाइ खान्थे तिनले -फलाउथे तालुमा आलु ।।

मुद्धा अधिक हुन्थे अड्डा अदालतमा - गाउमा फटाहाको हुल ।
बन्थ्यो तमसुक ५० लाई सुन्य थपेर - ५०० मा औठाछाप कबुल ।।

स्कुल पढ्थे भनाउदा ठुला ठालुले - थियन गरिवको भलो ।
पाएनन जनताले कुनै राज्य सुबिधा -बरु पाउथ्यो कुकुरले कलो ।।

बाइसे चौबिसे राज्य सबै ढली गय - मासिय राजारजौटा पनि ।
चौबिसै राज्य आउदैछन नानाथरिका-भांड तन्त्रलाई गण तन्त्र भनी ।।

झगडा हो यो ओडार सामन्तिको -कही कतै नभेटिदाको पल ।
बडा बाद नौलो ल्याउने जनहरुले - गर्दैछन जनतालाई छल ।।

जन्मायो भारतले कुकुर बिराला नेपलमा -अहित नेपलकै हुने गरी ।
बने दुत पराइहितमा दलाल भरौटेहरु-रुवाउदैछन नेपाली धरधरी ।।

धोकै धोका ७ -१७-३६ छयालिसमा -जनतानिरास बनी गय ।
कोही थरी आय बोकेर छडि जादुको -देश जग नै कम्प बनाय ।।

देखे न यिनले सभ्यता कही कतै - न सिके राज्यको बागडोर ।
पारे खाडलमा सिंगो देश नेपाललाई-परीसके यी पनि जनखोर ।।

सहजै घर चलाऊन नजान्ने जनबिच- पुग्यो राज्यको लगाम ।
प्रकृतिले दियको सौन्दर्य सगुन पनी - भयन यीनलाई हजम ।।

फाटो पारे बिभिन्न थरबिच जातिहुन - अग्रपङ्तिमा देखिदा भय ।
समाली सक्नु साध्य भयन अहिले-घांटिमा बल्झेको हाडसरी भय ।।

न रह्यो बांस सुन्दर नेपालको - न बज्यो खै सुरिलो बांसुरी ।
भेट्न सके जतिका बेचेसबै यिनले-हात्ती गैंडादेखी सबै कस्तुरी ।।

कंगाल बनिसक्यो आज विश्व बिच - संस्कृतिको धनी देश नेपाल ।
नास्तिक हरु बिर्सें धर्म संस्कार पनि -हिड्छन बोल्दै जय नेपाल ।।

बेल्जियम

म निरीह देश


आचार्य प्रभा

आरोप प्रत्यारोप ,
विश्वाश ,अबिश्वास ,
घाट ,प्रतिघात
न्याय ,अन्याय को चक्रब्युहमा
फँसेको म निरीह देश
मेरो स्वाभिमान आज भोली
हरेक जनताको अभिमान अनी प्रतिशोधको
ज्वाला बनेर जलिरहेछ ।
स्वाभिमानको अग्लो शीर बनेर
उभिएको मेरो सगरमाथा पग्लिएर
हर आँखामा छचल्किएकोछ ।
चन्द्र,सूर्य छात्तिमा टाँसेर
फर्फराउने मेरो प्रतिक
केवल ---लाजको पछयौरिमा मात्र परिणत छ ।
बिडन्बना हो या सतिको सराप भनु ?
मेरो छात्ती कौरव ,पान्डवको
युद्धरूपी रणभूमी बनेको छ ।
स्वयम्भूको त्री नेत्रले
तान्डव न्रीत्य हेर्न मात्र बिवस छ
अधीर बनेर मलाई सदा सर्वदा
आषिश दिने पशुपतिनाथ
यथार्थ मा नै''पशुहरुको ''पतिमा मात्र अनुवाद छ ।
''हामी एक हौ ''भन्ने बाणी
अनेकतामा बिभाजित छ
''मेरी आमा ''''मेरो देश ''भन्ने
भावना र शब्दहरु इेर्ष्या र जलन अनी घ्रीणामा
परिवर्तित् छ ,
त्यसैले म निरीह देश
मेरो ललाटमा केवल ---
''निरीह ''कोरिएको छ
मेरो आफ्नो स्वाभिमान ,अस्मिता
बन्धकमा परेको छ ।

(अमेरिका )

गीत


दिलिप योन्जन

गाँउ सहर डाँडा पाखा बरै रगतको गन्ध
देशै जलाइ तराई पाहाड कति गर्छौ बन्ध।

सबै मिली देश बनाउ छैन कसैलाइ पिर
पालै पालो बम पडकाई देशकै छाती चिर
दाजु भाई दिदी बहिनी सबै भए दुस्मन
जनता मारी नेता बन्नेले गरे देशमा सासन।

शहिदको छोरा छोरीलाई कस्ले दिने गाँस बास
लडेका छन तछाड मछाड बनाई देशलाई बरबाद
कहिले हास्ने नेपाली नेपाली तोडी सबै जन्जाल
कहिले बन्ने मेरो देश शुन्दर सान्त नेपाल।

अस्टिन, अमेरिक

नगर बधुहरुको आवाज


दयाकृष्ण रार्इ

लाटाको देशमा गाँडहा तन्नेरी
भएर आयो गणतन्त्र
दरबारबाट काँचुली फेरेर
संग्रहलय बनेर,
डोलीमा चढेको बेहुलीझैं तरक्क आँसु चुहाएर
फिस्स हाँसि रहेको छ नारायणहिटी !
नयाँ नेपालको नयाँ संबिधान चाहि
के भएर आउने हो कुन्नी ?
सबै कुरा नाँपे,
सबै कुरा लेखे भन्लान
नेताहरु.......!
र्इस.......तिनीहरुको संबिधान !
खै कहाँ अटायौं हामी ?
नयाँ संबिधान लेख्न जनमत संकलन गर्न
हाम्रो कोठी सम्म,
किन आएनन प्रचण्ड,
किन आएनन गिरिजा,
किन आएनन माधव नेपाल
बल्ल-तल्ल एक चिम्टी नुन जति
बैस साँचेर आएका मधेसी प्रतिनिधिलाई
नेल ठोकेर, जेलमा कोचारे
हामी भनि रहेछौं
कठैबरा-बिचरा
हामीलाई माया गर्ने एउटै मात्र सभासदज्यु
आई लभ यु !
तर अरुले भन्छन बेसै भयो
अझै थोरै भयो सालेलाई
यो भन्दा पहिला
को वरिष्ठ को कनिष्ठ सबै आई रहेकै थिए
हामीले नयाँ नेपालको
नयाँ जिन्दगी चलाई रहेकै थियौं
एउटै थालमा खाएर,
एउटै ओछयानमा सुतेर
सानो कुरामा चित्त नबुझे पछि
रङ्गेहात पक्राउ,
हामीलाईनै नेल ठोकेर जेल चलान गरेर
पालेको चराले आँखा ठुग्ने
र्इन्स्पेक्टर, डेस्पी र एस्पी सबै
मुर्दाबाद !
र्इन्क्लाव-जिन्दाबाद !
गणतान्त्रिक नयाँ नेपाल
जिन्दाबाद !
खोई हाम्रो बाँच्ने अधिकार ?
खोई हामीलाई अर्को रोजगार ?
हाम्रो स्वतन्त्र बाँच्ने अधिकारबाट
बन्चित गराउने सबै
मुर्दाबाद !
रेड लाईट एरिया घोषणा गर
हाम्रो घर परिवार को लागि हामी मरि सक्यौ ।
प्रतिष्ठित समाजको लागि हामी मरिसक्यौ ।।
तरै पनि
बेश्या बादिनी
जिन्दाबाद !
गणतान्त्रिक नयाँ नेपाल
जिन्दाबाद !
वेल्स कार्डिफ बेलायत

गजल


बसन्त मोहन अधिकारी

हाँसेको देख्छन् सबै मलाई
म दुःख पोखु खैं कसलाई

कहाँ छौ तिमी आउँन प्रिय
जिउँदै यहाँ दिए जलाई

पाए त चोखो त्यो आत्मालाई
म बसन्त हुँ दिन्छु पलाई

स्वार्थी दुँनिया मतलवी छ
खोज्दैछु निस्वार्थी मनलाई

सक्दिन ढाट्न म आफैंलाई
जलाई राछु बसन्तलाई

कुकुरहरुले ताराहरु समाते

विमल गुरुङ्ग

तिम्रो पाएँ पत्र
थाहा पाएँ
गिरफ्तार
भएछन् ताराहरु !

समातेछन्
कुकुरहरुले ताराका जमात ।

मेरा प्रिय ताराहरु !
तिमीहरु अझ
जोडतोडले चम्क
म पनि चम्कन्छु ।

कुकुरहरुले
ताराहरु समाते !

कुकुरहरुले
चन्द्रमाहरु समाते ! !

तर, कहाँ छौ यति सीमित ?

तर, कहाँ छौ र यति मुीभर
कहाँ सकिएला र !
सम्पूर्ण ताराहरु झोलामा हाल्न ! !
कहाँ सकिएला र !
सम्पूर्ण चन्द्रमा दराजमा हाल्न !

कुकुरहरुले ताराहरु समाते
कुकुरहरुले
मौरीका गोलाहरु समाते ।

परिचय
नाम स्वर्गीय विमल गुरुङ्ग
ठेगाना बुद्घ चौक, धरान-१८
जन्म कार्तिक १९, २०२८
मृत्यु बैशाख २४, २०४८ (बस दुर्घटनामा)
कृति कविता संग्रह 'आगो बल्दैछ'

गीत



केदार श्रेष्ठ'गगन'

बसेको छु तिमीलाई पर्खि यो तन चोखो राखी
मनको राजा चाँडै आइदेऊ मेरो जीवन साथी ।

यो मन सधैँ सँगै हुन्छ तिमी टाढा भए पनि
सँगै मर्छु ,जिउँछु छाडि्दन म ज्यानै गए पनि

कहिले आउछौ सिन्दुर हाल्न मेरो सिउदो माथि
मनको राजा चाँडै आइदेऊ मेरो जीवन साथी ।

तिमी मेरो म तिम्रो जति दुःख पाए पनि
छुट्ने छैन हाम्रो माया जत्रै हुरी आए पनि

भाकी देउता देउरालीलाई चढाउछु वेलपाती
मनको राजा चाँडै आइदेऊ मेरो जीवन साथी ।

भीमस्थान-५,सिन्धुली
हाल-अनेसास यू.र्एर्.इ.च्याप्टर

तिमी बिना


दिलिप योन्जन

तिमी बिना उराठ-उराठ भो जिन्दगी
तिमी बिना खल्लो-खल्लो भो जिन्दगी
न हेरेर प्यास मेटिन्छ, न कल्पेर याद भेटिन्छ
तिमी बिना एक्लो-एक्लो भो जिन्दगी।

तिमी बिना फुल पनि काँडा भयो
तिमी बिना बाँच्न पनि गारो भयो
एल्लो जिबन के जिबन, एक्लो यात्रा के यात्रा
तिमी बिना बेसाहारा-बेसाहारा भो जिन्दगी।

तिमी बिना पल२ बर्षौ-बर्ष भयो
तिमी बिना जिउनुको नकुनै अर्थ भयो
न दिनले साथ दियो, न रातले बास दियो
तिमी बिना बरबाद-बरबाद भो जिन्दगी।

अस्टिन अमेरिका

निष्ठुरी बाटो


चन्द्र गुरुङ्ग

एउटा बाटो
गाउँको कोमल छातीलाई चिर्दै
मस्त नाचिरहेको वन-जङ्गललाई बेवास्ता गर्दै
मौन पहाडको फेदमुनिबाट
खुसुक्क गा’को छ
र पसेको छ अन्जान सहरमा ।

वनभोजमा सामेल
स-साना स्कुले नानीहरू जस्ता छालहरूलाई
नाचगानमा नै छाडी राखेर
खोलाको किनारै-किनार हुँदै
यो बाटो
कति निष्ठुरी भएर
पसेको छ पराया सहरमा ।

त्यो बाटोले
सहरमा पसेर
आफ्नो एक पोको इमान बेचेपछि
थुप्रै बेइज्जत कमाएको छ
आफ्नो मुटुको निश्चल फूलबारीमा
काँडाहरूको ठूलो झयाङ उमारेको छ
र इज्जतको निर्मल आकाशमा
टाँगेको छ बदनामीको कालो तक्मा ।

आज
उसको प्रदूषित हृदयबाट
हराएको छ गाउँको स्वच्छ मुहार
उसका निर्मम हातहरूले
निमोठेका छन् कलिला यादहरूलाई
र उडिसकेका छन् मस्तिष्कको क्षितिजबाट
सम्झनाका रमाइला बादलहरू ।

फर्की नआएको निष्ठुरी बाटोलाई
किन होला ?
अझै पनि पर्खिरहेको छ त्यो गाउँले ।

भर नपर


आचार्य प्रभा

जे भन्यौ ठिकै भन्यौ
मनकै ब्यथा पोख्यौ ,
अस्पट भावनाहरु ओकलेर
मन शान्त गरायौ ...
हो ---सारा कुण्ठाहरु थुपार्नु हुन्न मनमा
असरल्ल पीडाहरु साँच्नु हुन्न ह्रीदयमा ।
मन शान्त गराउने बहनामा तिमी
समर्पित भयौ कसैमा
अधरमा मुस्कान ल्याउने प्रयासमा
तिमी कोमल बन्यौ आँफैमा ,
त र ---सावधान !
जस्लाई मनका ब्यथाहरु पोख्छौ
ऊ तिम्रो पीडाको श्रोता मात्र नबनोस
जस्लाई भावनाका लहरहरु बिछ्याउछौ
ऊ तिम्रो कोमलताको क्रयता मात्र नहोस्
किन कि संसार अब स्वार्थमा मात्र डुबेको छ
कसैको साथ क्षणभङुर मात्र हुन सक्छ
तिम्रो भावना केवल ,
दन्त्य कथा मात्र बन्न सक्छ ।
यो भ्रममा ''तिमी '' ''उ ''
हामी सबै फंसि सकेकाछौ,
त्यसैले ---पोख मनका ब्यथा
त र आफु नाङिएर हैन
सुनाउ पीडाका वाक्यहरु
त र ---आफु बिश्वस्त बनेर हैन
जस्ले सुन्ने बहानामा
तिमीलाई मोल्न सक्छ ,
जस्ले आश्वासन दिने भरोशामा
तिमीलाई लुट्न सक्छ
किन कि ---अब ती सत्य र धर्मी
मनहरुमा कलंक र अधर्मले
बास गरिसकेको छ ।

(बोल्डर् )

गीत

केशब आचार्य

कँहा हुनछ कस्तो हुन्छ नदेखिने माया
छात्तीभित्र मुटुसँग समेटिन्छ माया ---

आसुँ बनी आँखाबाट बगिदिन्छ माया
हाँशो बनी ओँठबाट हांसी दिन्छ माया ---

गीत बनी शुसेलिमा रमाउछ माया
कहिले कही जिन्दगीमा ओइली दिन्छ माया ---

खोजी हिँड्दा पाइेन्न त्यो मनको साँचो माया
जता ततै खोज्दा भेटने सस्तो छैन माया ---

बिछोडको बेदनामा कहालिन्छ माया
मिलन हो ढुक्ढुकिको सत्य चोखो माया ---

(बोल्डर कोलोराडो )

होशियार !


भानेन्द्रकुमार सम्बाहाम्फे

डर राख्ने गर
बाठो हुँ भन्ने
ए मानव !
भित्ताको पनि आँखा हुन्छ
सुन्ने कान पनि ।
बेअर्थको छ
बेतुक्को चलाखी तिम्रो
खुबै सावधान छु भन्ने ।
क्षणिकको सज्जन मानवको नाटकमा
यथार्थ लुकाउन-छुपाउन सकिन्न
सधैंलाई झूठ्को जलपमा ।
लाज राख्ने गर
सज्जन भनाउदो
ए स्वघोषित महोदय !
नाङ्गनिे नगर
निर्लज्ज निर्वस्त्र भएर
तिम्रो अघिपछि, वरपर
थुप्रै थुप्रै आँखाहरु, कानहरु
कहीं भित्ता बनेर
कहीं हावा बहेर
कहीं आवाज भएर
कहीं आत्मा बनेर
सूक्ष्मातिसूक्ष्म रुपमा
तिम्रा सारा करतूत्हरुलाई
नियालीरहेछन्, सुनिरहेछन्
त्यसैले-
रमाउने नगर दिवा स्वप्नमा
भ्रममा नपर
म सधैं सफल छु भनेर
आफ्ना घृणित् अनि पाशविक कार्य
लुकाउन अनि छुपाउनमा
किनकि-
हत्केलाले घाम छेकेको
इतिहास कहीं कतै छैन ।
थाहा छ बाठो हुँ भन्ने ए मानव ?
मान्छे मारे बराबर
महापाप लाग्छ
विश्वासघात गर्दा ।
आमाको हत्या गरे बराबर
अक्षम्य हुन्छ
र्इमान्दार विश्वासको हत्या ।
शायद तिमीलाई
थाहा हुनुपर्छ
कुकर्मको बदलामा
पाइने लात र रापको स्वाद !
त्यसैले-
भ्रमलाई छोड
आँखा खोल
कान खोल
होशमा आऊ
लोकलाज राख्ने गर
भगवानसंग डराउने गर
कम्तिमा-
आफूलाई विश्वास गर्नेलाई
विश्वासघात नगर
नत्र-
ति म्रो अन्त्य निश्चित् छ ।
होशियार !
होशियार !!
होशियार !!!
प्रभुको अदालतमा
त्यस्तो इजलास छैन
जहाँ तिमी
मनमौजी चलखेलका लागि
साट्न सक्छौ बहसलाई भनेर
पैसाको बदलामा
महंगा अनि आत्मारहीत वकिलहरु ।

२०६५/०५/०९
काठमाण्डौ ।

अध्यारोमा चम्कने काठको कला


स्यानु पाईजा

यो शहर मैन बत्तीमा अल्झीएको बेला
मान्छेहरु आधुनिक बन्दै निसासिएको बेला
मेरो गाँउमा एउटा अचम्मको भेला छ
अध्यारो रातको चम्किलो बिम्व हेर्नलाई
“करेशा फ्रेश” पिक्निक् पार्कमा
यो पार्क को नयाँ बिशेषता-
यो पार्क मात्रै पार्क होईन
यो त कसैको सपनाको सन्सार नै हो
यहाँ कला मुस्कुराउछ , सृजना बलेको छ ।
जीवनलाई जिउने प्रेरणा दिन्छ
साहेद नै यस्तो पार्क सन्सारमा कमै होला
या नभएको हुन पनि सक्छ
यो बिशाल छ ,यो पार्कलाई
चारै तिर ताजा तरकारी खेतीले घेरेको छ
मौसमी र बेमौसमी ड्याङका लहर ले
“करेशा फ्रेश” पिक्निक् पार्कमा
रिटायर्ड बुढाहरु नाती-नातीनी सँगै मर्निंङ वाक गर्नेछन
र फर्कदा फ्रेश तरकारी किनेर फर्कनेछन
यहाँ जो कोहि दिन भरि पिकनिक मनाउछन
आफ्नै हातले मनचाहे तरकारी तिप्छन
मन चाहे को तरिकाले परिकार बनाउछन
जब रात हुन्छ अध्यारो मा चम्किएका
हिम श्रृखलाका आकृतिहरु मुस्कुराउछन
साना साना कटेजका कुर्चि र खात बाट
केटा केटी बुढा-बुढी धित मरुन्जेल हेर्छन
सगरमाथा, धबलागेरी, अन्नपूर्ण, मकालु
अरु हिमाल थपिदै छन रे एकै लहरमा।
यो सबै जंगलमा कुहिईए पछि
अध्यारोमा चम्किने काठ/ दाउरा बाट बनाईएका हुन
कला मा नयाँ प्रयोग यसको अरु के उपयोग गर्न सकिन्छ ?
नेपाल मौन होला यो बिदेशिले ल्याब मा प्रयोग गर्लान

सम्भाबनाको खोजी होला कुनै बेला
यो अध्यारो रातको बिम्बलाई-
जुनेली रातमा चम्किने बनाउन लाई
के गरे होला जुनको रोशनीमा चम्कीने
काँचका कबज को प्रयास भै रहेको छ
यो नयाँ कला लाई दिर्धकाल लाई जोगाउने
एक दिन यसको नाम टाढा टाढा फैलिनेछ
ताजमहल को जस्तै नाम नहोला
तै पनि यो शुन्य बस्तीमा फेरी
केटाकेटी चिच्याई चिच्याई खेलेको सुनिने छ
यो बस्ती फेरी बस्नेछ, फेरी हाँस्नेछ
निर्माणधिन गेटको छेउ मै एउटा बोर्ड लेखिदैछ
करेशा फ्रेश- साईनिङ पार्क तपाईको स्वागत गर्दछ
पहिलो पटक चम्कने काठका धुलो को प्रयोग हुदैछ
अक्षरको बिचमा रातमा यो बिजुली बिना नै पढ्न सकिनेछ
म पनि सोच्दैछु यहि अध्यारोमा चम्कने काठको
दकुमेन्ट्री बनाउकी- साईनिङ आर्ट इन डार्क
अर्को ओस्कार - साईनिङ आर्ट इन डार्क लाई
यसपाली हामी गरीबी बेचेर होईन
सम्भाबना बेचेर जितौ .....................।

पात्लेखेत-७, म्याग्दी