क्याफे माया


टंक वनेम

साइबर क्याफेमा
माउस हल्लाउँन थाले देखि नैं
मुटु हल्लिन थालेको थियो
प्रेमिल शब्दका स्पर्सहरुले
मनको लिङगे पिङ् मच्याउँन बेर लागेन
कति छिट्टै
बिजुली संम्बन्धको लठ्ठामा
वारिपारि तर्ने
मायाको पुल बन्यो
साइबर क्याफेको माया अग्लियो
बयरको रुखहरु झैं झ्याङगीयो
इमाइलका च्याटहरुले
मायाको बैना बाँधीयो
भएन
प्रेमको आधार शिबिर खडा गर्दै
जीवन यात्राको शुरुवात गर्न
कसमको तराजु जोख्यो ।

एकदिन गफैगफमा
तिमीले जीवन दर्शनको कुरा लेख्यौ
मैले पनि जीवन दर्शन भोगेको सत्य बताएँ
भोग्नु र पढनुको भिन्नताले ठयाक्कै
हामीले बाँचेको बशन्त छुट्टयिो
लाग्छ-
त्यही दिन देखि साइबर क्याफेको पुल
छिन्दै गयो,मक्किन्दै गयो
र एक दिन च्वाट् चुँडियो
क्याफे गफको माया
माउसको तीर जस्तै तिखो हुँदो रहेछ
शायद-
तिमी जस्तै क्याफे मायालुहरु
माउसको तीरले ल्किक गर्दै
मनीटरको स्क्रीनमा मज्जाले
मुटुको ब्याथा हेर्ने गर्दा रहेछन् ।

No comments: