केशब आचार्य
माया हाम्रो बतासले झारेको त्यो पात भयो
मुटुभित्र घाउ दिने गाउँ घरको बात भयो ।
अजम्बरी होला भनी औंठी चिनो लाइदिए
पिरतिले उनिएको माला च्यात्ने हात भयो ।
एकोहोरो हुन्न भन्थे माया साट्ने मुटुहरु
निष्ठुरिको अङालोमा भुल्दा आज बात भयो ।
फूल्नु थियो जिन्दगीमा कोपिला मै झरिगयो
मेरोलागी तिम्रो माया नपिएको मात भयो ।
(अमेरिका )
No comments:
Post a Comment