बुद्घ

विमल गुरुङ्ग

शास्त्रीय बुद्घ , बेकार, बेकार, बेकार, बेकार !
मलाई लाग्दैन
गेरुवस्त्रले
मान्छेलाई बाँधेको फलाम काट्न
हयाक्सोको काम गर्छ ।

धर्मले कुन मान्छेको घाउ निको पारेको छ !
विश्वको कुनै पनि धर्मले बादल चिरेको छैन
खुला आकाश हाम्रो आँखा अगाडि राखेको छैन
बादलबाट
आँखा हटाएको छ बरु, आँखा हटाएको छ
धर्मः सिर्फ मर्फियाको इन्जेक्सन !
बुद्घ ! सैनिक पोशाक लाउँछौ ??

परिचय
नाम स्वर्गीय विमल गुरुङ्ग
ठेगाना बुद्घ चौक, धरान-१८
जन्म कार्तिक १९, २०२८
मृत्यु बैशाख २४, २०४८ (बस दुर्घटनामा)
कृति कविता संग्रह 'आगो बल्दैछ'

No comments: