कुकुरहरुले ताराहरु समाते

विमल गुरुङ्ग

तिम्रो पाएँ पत्र
थाहा पाएँ
गिरफ्तार
भएछन् ताराहरु !

समातेछन्
कुकुरहरुले ताराका जमात ।

मेरा प्रिय ताराहरु !
तिमीहरु अझ
जोडतोडले चम्क
म पनि चम्कन्छु ।

कुकुरहरुले
ताराहरु समाते !

कुकुरहरुले
चन्द्रमाहरु समाते ! !

तर, कहाँ छौ यति सीमित ?

तर, कहाँ छौ र यति मुीभर
कहाँ सकिएला र !
सम्पूर्ण ताराहरु झोलामा हाल्न ! !
कहाँ सकिएला र !
सम्पूर्ण चन्द्रमा दराजमा हाल्न !

कुकुरहरुले ताराहरु समाते
कुकुरहरुले
मौरीका गोलाहरु समाते ।

परिचय
नाम स्वर्गीय विमल गुरुङ्ग
ठेगाना बुद्घ चौक, धरान-१८
जन्म कार्तिक १९, २०२८
मृत्यु बैशाख २४, २०४८ (बस दुर्घटनामा)
कृति कविता संग्रह 'आगो बल्दैछ'

No comments: