मुङलाने मन


केवल गंगा गुरुङ

धेरै.....................
लामो समय भो मेरो नाममा
सेतो क्यान्भासमा रातो र निलो धर्काले
रङ्गएिको खाम नआएको
किन टुट्यो खै -यात्रा) नाता
कसले रोक्यो कुन्नी त्यसको बाटो
यहाँ तड्पेर मात्रै के हुँदो रहेछ र आखीर
उसले पाईला डेग नसारे पछि
दिनानु दिन पहिरिदै छु मन
तिमीलाई प्यारो गर्ने थेवा आमा भन्ने
शब्द दोहोर्याउँन नपाउँदा
हुनत त्यता पनि त्यस्तै होला
नेपाल बन्द चक्का जाम
पहाडको त्यो झुपडीमा मेरी थेवा आमालाई
भयो ..कि अहिले के खाम भरै के खाम
फेरि बन्दुकको थ्रीनाल सफा गर्दैछन् रे
राष्ट्रवादीहरु
कहिले कहि त यतै मरु की
जस्तो लाग्छ बरु
हतासीएर मनहरु
किन कमजोर बनि रहेछ
मेरो झुपडीको टुकी उकास्ने सपना
किन धर्मरार्इ रहेछ
आज सम्म थेवा आमाको घलेक
छुन पाएको छैन
मेरो मन यहाँ छोडी
त्यहाँ नपुगेको पनि होइन
बिवशी रहेछ जिन्दगीमा एउटा
जा ............गीर भन्ने
ब्यथित मनलाई समुद्र पारी
खै कसरी बाँध्ने
हावा हुरी भए त मन
उडि जान्थ्यो क्षण मै
मेरो गाउँ नेपाल हेरि बाँच्नु पर्यो आज
सिनेमाको घर मै

No comments: