आमा तिमीले छाडेर जाँदा


सुनिता गिरी

संसार सबै आफनै लाग्थ्यो,खुसी सबै मेरै लाग्थ्यो,
जिवनमा शोकको बाढी आउँदा,
अनायासै जिवनमा पहिरो जाँदा
ममताले भरिएको कोमल मुटु , छिया छिया भएर फाटिदिदा
जाली रुमाल झै बुनेका सपनाहरु ,
छरपस्ट भुइभरी छताछुल्ल पोखीदा,
कलम बाट कविता होइन,
आँशु बग्दो रहेछ ,भक्कानीएर मुटु फुट्दो रहेछ ,
आमा तिमीले छाडेर जाँदा ।।।२
आकाश नै खस्दो रहेछ ,धर्तिनै फाटदो रहेछ
ममता लुटिएर एक्लो हुँदा ,खुर्सानी लगाएको घाउझै यो मन
मुटु चहराएर पोल्दो रहेछ
पदचाप आफै रोकीदो रहेछ ,अश्रुधारा बग्दो रहेछ
कलम कोक्काइ कोक्काई रुदोरहेछ ,सृष्टिनै कम्पमान हुदोरहेछ ,
आमा तिमीले छाडेर जाँदा ।।।२
किनेर कतै नपाइदो रहेछ
खोजेरै पनि नभेटिने रहेछ ,
र्साईनो गासेर नजोडीने रहेछ ,
आमामा आत्मियताको भंडार रहेछ
यो पल शोकले छोइरहेछ ,यो नयन साउन झै रोइरहेछ
आमा तिमीले छाडेर जाँदा ।।।२
कति निष्ठुरी रहेछौ ,इश्वर ,
आमाको माया खोसीदियौ ,
मैनबत्तिको शिखाझै पग्लीरहेछु ,आशुकै सागरमा डुबिरहेछु ,
आमालाइ लग्यौ टपक्कै टिपेर,
पहिरो जस्तै भत्किरहेछु ,असहज समय गुजारी रहेछु ,
आमा तिमीले छाडेर जाँदा ।।।२

हङकङ
नोट - सम्पूर्ण हाम्रा शुभचिन्तकहरुमा धन्यबाद टक्राउन चाहान्छु यस दुखद क्षणमा आफनो आफनो स्थानबाट हाम्रो परीवारलाइ सान्त्वना र शान्तिको कामना गर्नु भएकोमा यहाँहरु प्रति आभारी छु ।

No comments: