मृत्यु..............


दिलिप योन्जन

मस्त जवानीमा
सात समुन्द्रपारी
कल्पनामा डुब्दै
यातनामा जल्दै
सम्झनामा रुँदै
एकान्तमा भुल्दै
रुन्चे हाँसो हाँसेर
मान्छेहरुको भिडमा
ज्यानको बाजि लगाएर
युद्घको तयारीमा
मेसिनगन पड्काएर
नाङ्गो खुकुरीको भर
माबहादुर हुन्छौ.............?

सीमारेखा पारिको देशमा
चुप चाप कति बस्ने
हामी गधा होइनौ
जति भारी बोकाए पनि हुने
जमिन्दारको जग्गा हैन
ठेक्का र अधियाँमा लाग्ने
किनबेच हुने
सिठीको भरमा होमिनु पर्ने
बीर गोर्खाली बनी
बीरता बेच्नु पर्ने
रुन्छ यो आत्मा रुन्छ i

पाखा पखेराले सोध्छ
बनपाखा सुसाउँछ
चाड पर्बले खोज्छ
दियो रुँदै पिलपिल जलिरहन्छ
सयपत्री र गोदावरीको माला उनेर
दिदी बहिनी बाटो हेरिरहन्छ i

तर तिमी हातमा मेसिङन बोकेर
कमरमा खुकुरी भिरेर
कुन साहेब वा सिमाना
मृत्युबाट डराई डराई
काहालि लाग्दो ठाउँमा
खाई नखाईखुल्ला आकास मुनि
सुनसान सुनसान सडकमा
त्रसित मुद्रामा
न रात न दिन।

छुटी र हाजिरीमा
मस्त जवानी बित्छ
कहाँ कुन बेला मृत्यु
बम बिच्छ्याएका डोबहरुमा
नाङो खुकुरी टल्काएर
आत्मा नमानी नमानी
रगत सहितको खुकुरी
बिरानो माटोको लागि
मृत्युको पीडाले छटपटिई
मुखभरि रगत च्यापी
सम्झनामा दुई थोपा आँसु
बेदनामा डुबेर
बालुवा र पखेरामा लड्दै
रितो हातसँगै
खोक्रो तक्मा थापेर।

फर्किने त फर्किए
नफर्किने हराए
सुनसान बगर अनि सहरमा
चुपचाप उभिरहेछ
आश्चर्य मान्दै प्रस्न गर्छ
बहादुरी के को लागी...?
मर्नु के को लागी.....?
कुन माटोको लागी......?
कुन अधिकारको लागी......?

सडक रक्ताम्य छ
आफ्नै खुकुरी र गोलीले
रगत जताततै बग्दै छ
पाइला राख्ने ठाँउ छैन
रुदैछ कराउदैछ
बाच्ने आसा लिएर
के थाहा लडाकुहरुलाई.......?
यो कस्को रगत हो........?
किन जिबन बलि चढाउदैछन.........?
कस्को माटोको लागी............?
न त रगतको महत्व छ
न त माटो नै रङिएको छ
न त खोसिएको अधिकार फिर्ता हुने हो
न त हाम्रो झन्डा नै फहरिएको छ
न त समानता र स्वतन्त्र नै छ
न त माटोमा समान हक अधिकार नै छ
त्यहाँ त मान्छेहरुको
केबल मृत्यु मात्र हुन्छ।

2046/04/11
hal. Austin, USA
hyounjon111@gmail.com

गजल


बसन्त मोहन अधिकारी

बिहानीको पहिलो झुल्का हिमाल हेर्न दिनु ।
मेरो देशको मलाई आफै, मुहार फेर्न दिनु ।

चाहिदैन हिरा मोती युद्ध रच्ने जालहरु
शान्तिको दिप जलार्इ, मेरो देश घेर्न दिनु ।

युद्ध अनि आतङ्कले भत्कीएछ मेरो घर
पौरखी पाखुरालार्इ, घरको, बार बेर्न दिनु ।

गण्डकले बगाएर, कोशीले डुबाउँदैछ
ति सम्झौता र सन्धिहरु, मलाई फेर्न दिनु ।

धेरै मरे अकालमा नेपाली सन्तानहरु !
विर गोर्खाली खुकुरीलाई, दुश्मन सेर्न दिनु ।
यूएइ

मेरो झुपडी


बि जे बान्तवा राई

जंगलको बिचमा
मेरो सानो झुपडी,
मेरो हरेक ब्यस्तता सँगै
छाउन बिर्सन्छु।
गहकिलो बर्षासँगै
चिथ्रा चिथ्रा भएर चुहिन्छ।
सालमा सकी नसकी एकपल्ट
कमेरोले लिपपोत
गरेको गारो सबै
चुहिएर कति नराम्रो धर्सा कोरिन्छ।
मेरो ब्यस्ततासँगै मेरो झुपडीले
धेरै धेरैं पिंडाहरु
भोगिरहेछ।
म मेरो झुपडीलाइ छोडेर
कहिले हप्तौ हप्ता टाढा जानु पर्ने हुन्छ।
एक्लै मेरो झुपडी
सन्नाटा भित्र हराएको हुन्छ।
त्यो अनगिन्ती पशु हरुको माझ
एउटा मेरो झुपडी
कोइ कोइ बेला सम्झिन्छु,
मेरो झुपडी डराई राखेको होला,
त्यो अध्याँरी रात
उल्लुको त्यो रुखो बोली
अनि चितुवाको गर्जाइँ सँगै
भयले निस्सासिएको होला
मेरो झुपडी।
म कहिले सुधार्ने समय दिन सक्दिन ।
मलाई थाहा छ मेरो निम्ती
सबै थोक हो मेरो झुपडी
तर पनि सम्झिन्न
मेरो झुपडीको ब्यथा।
बर्षा, बादल, हुरी, बतास अनि घाती
पशुहरु सँगै एक्लै उभिएको छ,
मेरो झुपडी।

गजल


भूपेन्द्र महत

नजर जुध्दा झुक्न परे बाटो फेरे हुन्छ
मुटु कोर्ला मैले छाडया मन केरे हुन्छ

मरुभूमी छातीमा सल्के पछी पोल्दो रछ
बिझेछु अंगालोमा नबिझ्ने फुल बेरे हुन्छ

पूरानो बस्त्र नयाँ अस्त्र एकै के हुन्थ्यो र
अदली बादली माली,मन्को घर घेरे हुन्छ

मुढा भएरै ढली रछु,नशाले गली रछु
होशले थिच्छ बेहोशमा लडेको हेरे हुन्छ

रसायनले नि जोडीएन चर्किएको मुटु
बिक्षिप्त भएर बाँच्नु भन्दा बरु सेरे हुन्छ

तीज


उषा गिरी

बर्षभरी का थकाईहरुलाई पर सारी
आसुँ र सुस्केराहरु लाई बढार्दै
बिगत का बर्षहरु झै
यो बर्ष पनि दिर्घ विश्वाशका साथ्
निलो आकाश लिएर,हामी तमाम दिदी बैनीहरुको
दैलो र आगनहरुमा सौगात बोकेर शुभत्व को सन्केत दिदै
हर्ष र उल्लासका साथ रातो साडी र हरियो पोते सँग मितेरी लगाउदै
आएकी छौ तीज।

बिहान को सुर्य को किरण संगै
नयाँ पालुवा र नयाँ घाम संगै
खुशी लिएर हाम्रो झुपडीहरुमा,
हिमाल पहाड र तराइहरुमा,नया सोच र बिचार लिई
देशको नयाँ अनुहार फेर्दै आँखामा गुरास फुलाउदै
हातमा सएपत्री र मखमली,मन भरी सुनगाभा फक्राउदै
आएकी छौ तीज।

मनहरु को बिच को दुरिलाई,भोगाइहरु लाई
आरोह अबरोहहरु लाई सरल सँग सामना गर्न
पवन को संगितमय धुन संगै
हर प्रहर बिउझेर खुशीको सुधार को सन्केतहरु,गोरेटाहरु
स्पन्दनशिल र सुकोमल शैलिमा
हाम्रा आमाहरु र हाम्रा जननीहरु माझ
तिमी कोसेली बनी आँखा भरी गाजल,गाला भरी लाली
हात भरी रङीबिरङी चुरा लगाइ
बर्तमान आएकि छौ तीज।
तिम्रो आगमनलाई तुलसी पत्र शाहीत
सर्बे सन्ती सुखिन
सर्बे सन्ती निरामया।।।।

चारपाने झापा
हाल बेल्जियम

भाग्य हर्यो


बिमल गिरी

भाग्य हर्यो बिधाताले बियोग सधैं भरी
मुल फुडछ परेलिमा छल्क्यो छ!ल सरी

बिरह र बेदना को भावनामा बगौ कती
निरासामा भाबुक बन्दै अनुभुती साचउ कती

सिङै आकाश सुन्य लाग्छ बियोग सधैं भरी
मुल फुडछ परेलिमा छल्क्यो छ!ल सरी

सुक्सुकाउदै पिडालाई सुन्न्य भयो जीबन
रित्ती दिउकी एकान्तमा भन्छ सधैं यो मन

बेवारीसे मृत्‍यु जीबन बियोग सधैं भरी
मुल फुडछ परेलिमा छल्क्यो छ!ल सरी

चारपाने झापा
हाल - ब्रुस्सेल्स

गजल


बसन्त मोहन अधिकारी

जिउँदै यो चितामा हाली रहेछ ।
चितामाथी मलाई बाली रहेछ ।

फूलले सुवास र सुगन्ध छर्दा
चुसेर त्यो जीवन गाली रहेछ ।

मायाको मन्दिरमा फूल बर्षाउँदा
गाँलेर मलाई उँ फाली रहेछ ।

पथ्थरको बस्तीमा देह सुम्पदा
चोखो जीवन सधै ढाली रहेछ ।

पूरुष आत्म र मन्दिरको देव !
चैतन्य बिहीन यो खाली रहेछ ।

मेरो यात्रा अब अन्तरिक्ष तिर


डि.वी. पालुङ्वा

गुज्रिएर म्याद सपनाको त्यो मधुमासमा
उपेक्षित त्यो मृत्युको ढोका ढकढक्याएर
नखोलिएका ती देउलहरुबाट
च्यातेर तमसुक जिन्दगीको
एउटा वेवारिस लासको उठाएर मुचुल्का
पुरा हुन नसकेको फेहरिस्त
न्यायधिशको इजलासबाट
तारिक लिएर फर्किएको म
आखिर
आखिर गुन्जायस के हो भनेर कसैलाई सोधिन
भगवान संग फेरी कहिल्यै संम्झौता गरिन
र भगवान्लाई गाली गर्नु पर्छ भन्ने मैले कहिल्यै ठानिन
वास्तवमा यो मेरो इश्वर प्रतिको आस्था हुन सक्छ
किनकी
कालीको अघि वलि चढाएर
एउटा गर्धन छिनेको भालेको
दुइ तीन मिनेट पश्चात विस्मृतीको भुइमा
नियन्त्रणको अन्तिम स्वास
मेरो अभिब्यक्तिको सारांस हुन सक्छ
तर यो बुझ्न सक्ने क्षमता
आमाको हृदयले मात्र राख्न सक्दछ।
यो मेरो विश्वास हो ।
मैले मेरो आमाको मुटुलाई सधैं स्वास्थ्य राख्न
जिन्दगीको कठिन सिंडीहरु उक्ले
यद्धपी ती उचाईहरुबाट स्वाभिमानका हातहरु
हल्लिन कहिल्यै सकेन ।
यस्तो दुर्दशामा
यी अङ्गालोका सिथिलताहरु बिचौ बिच
आंधी र हुरी सहितको वगिरहंदो रहेछ नदी
मेरो सास फेराईलाई बांच्नुको अर्थ दिएर
यो वर्तमान्को आलो ब्यथालाई अतित तिर धकेलेर
एउटा गढनिर अढेसा लिदै
योद्वाको उपाधी नमिल्दै
एउटा अध्यांरो रातलाई स्वीकार नगरेको कहिले पो छ र ?
हावामा झुण्डीएका हेण्डल पक्रेर
भुमण्डलीकरण प्रदुशणयुक्त अणुहरुबाट
मिश्रीत अक्सिजनको टैंक भिरेर
अन्तरिक्क्ष यात्रा सुरु गर्दैछु ।
यस धर्तिको माया बोकेर
दिन दिनै टाढा हुदैंछु ।

summer season 2008

तीजको बेला

निर्छली शीत्कार

भाद्रशुक्लपक्ष आयो
तीजपर्व गीतमा पाउजु छन्छनायो
शिवपार्वतीको उपासना गर्यो
दुष्टै पति भएपनि दीर्घायु पुकार्यो ।

रंङ्गीचङ्गी ब्रस्त लायो
महार्घ गहनाले सिरपाउ झपक्क पार्यो
एक दिन भोकै बसि
राम्रो पति पाउने कल्पना सागरमा डुब्यो ।

नुवाई धुवाई चोख्यो
छर्की जल सिरपाउ उपर
चोरी-पाप गंङ्गामा पखालि
भयो तीर्थस्थान सयर ।

जो छन् भरिभराउ यहां
तीनैका गुञ्जियो मन्का पर्बत
छैन आफ्नोत मात्र पबित्र मन
कुञ्जियो घरमै पिउदै सर्बत ।

म झस्किन्छु सधै
चाडबाडको जब कुरा हुन्छ यहां
खैः कहां छ र न्यायको अदालत
जहां हुन्छ म जस्ताको न्याय त्यहां ।

क्यम्बर्ली

गजल


केदार सङ्केत

धेरै भयो मेरो देश संकटमा ककि्रएको
कति हेर्नु दिन् दिनै झन् झन् झत्किएको ।

अति सुन्दर देश हाम्रो बिश्वमै लोभ लाग्ने
किन होला हाम्रो बिचार काठजस्तै मक्किएको ।

हरा भरा बनाउनुछ पहाड मधेश बाँधिनु छ
युवा भने सडकमानै किन होला थन्किएको ।

आज कुरा धेरै काम थोरै यस्तै भयो नेपालमा
गरम नेपाल बोकेर किन हिउँ झैं पग्लिएको ।

जनताले भोटहाली बैठक बस्न मात्र होईन पठाएको
चोर बिरालो झैं दुध पिउन तिमी किन पल्किएको ।

आज जनताका इच्छा पनि तिमीनै आशा पनि तिमीनै
शभासदज्यू, किन बन्द नेपाल बोकी आगो झैं सल्किएको ।

उहिले र अहिले


टंक सम्वाहाम्फे

उहिले
त्यस्तो थिएन
अमनचयन थियो
न्याय निशाफ थियो
जीवनको मुल्य थियो
त्यसैले
अघाउन्जेल हास्न पाइन्थ्यो
कुनै व्यवधान थिएन
बाचुन्जेल
जिवन
जीउन पाईन्थ्यो
अहिले
एक्कासी
बद्लिएकाछन् समयका अनुहारहरु
र त्यसरी नै वेग्लिएका छन्
वर्तमानले वोल्ने भाषाहरु
विचारहरु एकाएक
वाडीएकाछन्
एक्लिएका छन्
टुक्रिएकाछन्
नासीकाछन्
फलस्वरुप
आस्था र विश्वासहरु
भत्किएकाछन्
अहिले
स्वार्थ व्युझिएकोछ
मानविय संवेदना
भत्किएको छ
मान्छेमा यसरी नै
हिंसा हत्या
वढ्दै जाने हो भने
कुनै दिन
फगत मान्छे पाषण वन्नेछ
किनकी एकले अर्कालाई
हेर्ने दृष्टिहरु
जङ्गवहादुरको आखा वनेकाछन्
यदि यी आखाहरुमा
भातृत्व प्रेम पलाएन भने
वस्तिहरु
उजाड वन्न सक्छन्
जहा यान्त्रिक मान्छेहरुको
कोलाहल मात्र हुनेछ
किनभने वास्तबिकताको
पाटाहरुमा
अस्मिता हर दिन लुटिएकोछ
जस्ले मान्छेहरु मौन भएकाछन्
मात्र निरीह वनेर
टुलुटुलु हेर्ने आखा भएकाछन्
अव कुनै काम छैन
आखाको
किनभने नियती वनेको छ
अहिले
अर्थात वर्तमान
अहिले यस्तै भैरहेछ
उहिले त्यस्तो थिएन
उहिलको भन्दा
अहिले यो समय
निर्जीव वन्दै गएकोछ
अहिले
श्रृड.खलावद्ध
लुटिनु र भुटिनुको
सुनियोजित खेलसंग टासीएकोछ
अहिले
न्यायसंग गासीएको छैन
निशाफसंग जोडिएको छैन
मात्र महत्वकांक्ष जोडिएको छ
स्वार्थ गासीएकोछ
जस्ले इतिहास थपीरहेछ
वर्वरताको
क्रुरताको
सभ्यता
अहिले
यसरी वौलाहीरहेछ
उहिले
त्यस्तो थिएन
अमनचयन थियो
न्याय निशाफ थियो
जीवनको मुल्य थियो
त्यसैले
अघाउन्जेल हास्न पाइन्थ्यो
कुनै व्यवधान थिएन
बाचुन्जेल
जिवन
जीउन पाईन्थ्यो

हामी नेपाली


दिलिप योन्जन

छिटै देउ, देशलाई गती
गरी देउ, नेपालको प्रगती।

कति दिन, बिगार्छौ मती
आखिर देशकै हुन्छ बिगती।

कहिले नारा, कहिले जुलुस
सधै बाला, नेताको पुत्ला।

बैमानी बेइजती, भ्रष्ट नेताको
बिरोध गालीले, झर्दैन भुत्ला।

कतै पेट्रोल, कतै पानी
जनतालाई बेकुब, बनाउ जानी२।

आफै बोक्सी, आफै धामी
जनता मार, गोली हानी२।

लडाई गर, पदको लागी
झुकाउ जनता, दिनै ढाटी।

कहिले मन्त्री,कहिले मन्त्रालय
खाओ सबै, लुछा चुडी।

जनताको सम्स्या, नहेर कहिले
लडाई गर, सधै रोस्टम-घेरी।

नारा लगाउ, मधिसे पाहाडे
देश चिर, धुजा२ पारी।

जसको सक्ति, उसको गदी
लड नेता, कुकुर सरी।

कोही ब्वासो, कोही धमिरा
सब्ले फेर्यो, सर्पे काचुली।

घर न घाट, सधै जनता
खुसी मनाउ, भत्ता थापी।

गर सधै, गाली बेजती
कती गर्छौ, देशको बदनामी।

देखाउ दात, सधै बिदेसीलाई
सधै बन्यो, नेता कठ-पुतली।

देश जनताको, वास्ता छैन
पदकै लाग्यो, सधै भोक-मारी।

राजा जनता, भए पछी
किन भत्ता, दिन्छौ मन्त्री।

सबै सम्पती, राष्ट्रियकरण गर
गर्छौ भने, देशको प्रगती।

कि खान्छौ, टिके मन्त्री
आउला जनता, तिम्रो मलामी।

वुध्दको देशमा, छाओस शान्ति
अब नबगाउ, रगतको खोली।

के धर्म के जात, त्यागौ बैरीभाब
सबले भनौ, हामी नेपाली।
हाम्रो नेपाल, हामी नेपाली

नयाँ नेपालको पुराना मान्छेहरू.....


नरेश सुनुवार

गतिशिल समयको कालखण्डले
जो नेपाल देश निर्माण गर्‍यो
लाग्दछ, अभागि नै हुन् की नेपाली जनता
जो प्रत्येक शासकहरूले
उनिहरूको स्वाभिमानलाई कुल्चेर
केवल रैति बनाए
बहुलताको अश्तित्व नामेट पारेर
राष्ट्रलाई घोडा चढेर
आफ्नो प्रभुत्व जमाएर
मुलुकलाई विर्ता जस्तै सम्झेर
मात्र तुच्छ स्वार्थ पुरा गर्न
हालीमुहाली गर्ने थलो बनाए
र, रतिक्रिडा गर्ने वधशाला बनाए
प्रत्येक कालखण्डमा उदाएका
हरेक धुर्त नयाँ शाशकहरूले,
तिनै हुन जनता
जो नेताहरूलाई साथ दिए
तिनै हुन जनता
जसले नेताहरूलाई काधमा चढाए
तिनै हुन जनता
जसले प्रत्येक आन्दोलनमा
ज्यानको बलि चडाए
रगत बगाए
भीषण युद्घ लढे
र, सत्ताका पुराना अवशेष ढालेर
तिनै नव नेतालाई
सत्ताधारी बनाए
शाशक बनाए,
हाम्रो नेपालमा
जति नै नयाँ शासन बदलिए पनि
जति नै नयाँ शाशक उदाए पनि
कुनै भिन्नता आएन
केवल मान्छे फेरिए
नश्ल फेरिएन
अनुहारहरू फेरिए
मुहार फेरिएन
व्यक्ति फेरिए
स्वभाव फेरिएन
युग फेरियो
विचार फेरिएन
तेसैले
प्रतेक पल्र्टर् इतिहास दोहोरियो
मात्र शाशक नयाँ
तर उहि पुरानो काईदा
उहि पुरानो नेपाल,
इतिहासका लामबद्घ पंक्तिहरूमा
प्रत्येक शाशकहरूबाट
शासित हामी
शोषित हामी
साताइएका हामी
फसाइएका हामी
अपमानित हामी
ठगिएको हामी
बेचिएका हामीर्
र्सवश्व लुटिएका पिडित हामी
आदिमकाल देखिका
आदिम मान्छे हामी
आदिवासी जनजाति हामी,
राणा शासनको १०४ बर्ष
खेप्यू हामीले
निरङ्कुश शासनको ३४० बर्ष
भोग्यौं हामीले
पन्चे शाशनको ३० बर्ष
थेग्यौं हामीले
बहुदलको १२ बर्ष
देख्यौं हामीले
जनयुद्घको १० वर्षपनि
बरण गर्‍यौं हामीले
त्यहि युद्घको नाममा
हजारौ हजारको ज्यान लास बनेको छ
र, त्यही लासको पहाड माथि चढेर
अनेक रुप बदलेरर्
वर्ग संघर्षको नाममा
संघियताको नाममा
समावेशीको नाममा
स्वयत्तताको नाममा
गणतन्त्रको नयाँ नारा फुकेर
सत्तामा नयाँ शाशकहरू पुगेका छन्,
अब मनन् गरेर
चनाखो भएर
शासकहरूको चलखेललाई
हेर्नु परेको छ तेश्रो आँखाले
सुन्नु परेको छ तेश्रो कानले
बुझ्नु परेको छ छैठौ इन्द्रीयले
नत्र इतिहास पुनः दोहोरिन सक्छ
गणतन्त्रको नाममा षणयन्त्र हुन सक्छ
सम्झौताको नाममा धोका हुन सक्छ
शब्दजालको खेल खेलिन सक्छ
तेसैले व्यूझनु परेको छ नयाँ नेपालमा
आदिम मान्छे हामीहरूले
सोच्नु परेको छ एकमुष्ट भई आजको नयाँ नेपालमा
सम्पूण आदिवासी जनजाति तथा उत्पिडित वर्गहरूले ।

अनुहार खोसिएका अनुहारहरु


गणेश राइ

खुल्नु
बन्द हुनु
ढोकाको नियति
खुल्छ आकाश देखिन्छ
बन्द हुन्छ सपना तुहिन्छ
आकाशमा फिजिन चाहने निर्दोषं सपनाहरुको हत्या
कति गरिरहन्छौ - ए हत्यारा ठेकेदारहरु हों !
ढोका बन्द नगर ढोकेहरु हो,
यो अपरिभाषित उपस्थिति
अनुहार हराएका मान्छे हामी
लुटिएर माटोको प्रगाढ सम्बन्ध
राज्यविहीन अस्तित्वको धरापमा
अझै कति कहलिनु आफ्नै घरभित्र अनागरिक
भासिइनुको अर्थ भर्‍याङ्ग ठडिनुरहेछ कसैका निम्ति
बिच्छेदित् आँधी जस्तो समयसँग
उज्यालोको निम्ति कति सम्झौंता गर्ने अध्यारोसँग
भो सैह्य छैन
यावाच्यो, स्विकार्य छैन ग्रहणले चाटेको यो जुठो दिन
समात्नुछ - बतासको बेग
बेह्रिनुछ - उज्यालोको सप्कोमा
चढ्नुछ - जीवनको असीमित उचाई
फेरि फेरि कहाँ खुल्छ र
कलुसित षड्यन्त्रले ताल्चा ठोकेको यो निरङकुश ढोका ?
जीवनका नम्बरीसपनाहरु कति तुहाउँछौं
आउँ मुद्दुम फलाकौं
घुरेन,चुम्लुड,थुम अनि चोमोलुङमासम्म फैलिएको हाम्रो आफ्नो चार किल्लाभित्र
यावाच्यो हामी आफैले निस्पिmक्रि कोर्नु पाउनु पर्छ
आफ्नो माटोमा हाम्रो आफ्नो घर
बिपना हुँन नपाएका दमित सपनाका इन्द्रेणीलाई

जीवन कै निम्ति समर्पण गरौं
आँधी जस्तो बेगवान समय फुत्त फत्किन के बेर
उज्यालो छदै हिसाव किताव मिलाई हाल्न पर्छ
रात रहे अग्राख पलाउछ
फेरि पनि हामी फ्याकिन सक्छौं
त्यहीँ अध्यारो छिँडीमा
जहाँ हिजो जस्तै पुनः भोटे ताल्चा ठोकिइनेछ मुलढोकामा
परिणाम - उज्यालो पाउने भगिरथ प्रयत्नमा
बित्नेछन् बेअर्थ पहाड उचाल्ने हाम्रा जाँगरहरु
बहिस्कृत हुँनेछ आइन्सटाइन मस्तिष्क
बाध्य हुँनेछ हाम्रो पार्थिव देह
निःशव्द आफ्नै मृत्युको मलामि जान ,
उभिनु
उभिनु यस्तरी कि सोलोइवा झै आकाश ताकेर
साकेवा थानमा
गाँडिनु यस्तरी कि सिन्कौंली सेउली झैं
मान्छे(मान्छेको आस्थामा
नाथे !
६ फिट् चोखो माटोको लागि
कति भौतारिरहनु तेइ वनकालीमा

फर्काउनुछ खोसिएको पुर्खाको किपट
यावाच्यो अझै सुत्नमै सन्तुष्टी मान्ने हो भने
बन्द रहिरहँनेछ हिजो जस्तै त्यो ढोका निरन्तर
जुन ढोकाले निर्मम छेकेकोछ फैलन
चेतनाको हाम्रो असीमित आकाश
तयार छु यसबेला
हो तयार छु म साच्चिकै यतिबेला मस्तिष्क पड्किन
बर्षौ दबिएको ज्वारभाटा जस्तो
यावाच्यो माग्नु छैन अब कसैसँग हामीलाई
हाम्रो यलम्वर पहिचान
नश्लिय अधिकार
अनि रगत र पसिनाको मोल
विभेदको प्रतिक त्यो ढोका

जो खोलिएकोछ उदाङगो
सयौं आवाजहरुको एकमुष्ठ झापट्ले यतिबेला
आवाजहरु बोल्नुपर्छ विरोध
आवाजहरु ओकल्नुपर्छ असहमतिको ज्वाला
उथलपुथल हुँनुपर्छ खियाँग्रस्त बेकामे संरचना
अधिकार भोटे ताल्चाले कैद गरिदा पनि
चुप रहनुको अर्थ
फेरि अर्को षड्यन्त्रको जुवामा नारिनु तयार हाम्रा विचार
त्यसैले
आउ परास्त गरौं समस्त षड्यन्त्रको अक्टोपस नेर्टवर्क
परास्त गरौं बन्द ढोका र ढोकेहरुलाई
कि सधै-सधै हामी बिरानो हुँन नपरोस् आफ्नै माटोमा ।

निर्छली "शीत्कार"

म त निर्छली
तिमी संग
मायाको पटुकी बांधेर
पटुकी र पेटिकोट
अन्तै
कसै संङ्ग
सुटुक्कै फुकाउने म
त्यस पछिको
क्रिडामा
संसार बिर्सेर
कसैको वास्ता नगरी
त्यो शीत्कार आवाज संगै
बासना संगै
कसै संगै
हर्राई दिन्थे म
तर
खैः कुन दिन
तिमीले मलाइ
खोज्दै हिड्यौ र ?
बदलामा
न मैले तिमीलाइनै खोजे !!!

सम्पूर्ण ति गिठ्ठी कुट्ने हातहरुलाई


छबिरमण सिलवाल

छानो आकाश छ,
ओच्छयान बालुवा
खोलामा ढुंङ्गा छदैछन्
हम्बर चलाई रहेका
सानाहातहरु
शिक्षाबाट वन्चित छन्,
भोक रोग सहनु
बाध्यता हो,
समयले ठगिएका
नाङ्गा भुतूङ्गा,
असरल्ल खोला किनाराहरुमा
सस्तो श्रममा गिठ्ठी कुटाउन,
बाध्यछन्,
आमाहरु/बुबाहरु
¯¯
दुइ छाक टार्न
धौं धौ पर्ने,
त्यो बगरका
पीडीतहातहरु
भङ्गालोमा पस्छन्,
ढुङ्गा टिप्छन्,
थाह छैन तिनलाई
कतिबेला
भङ्गालोले साथी बनाउँछ
अनि ति,
टुहुरा कर्महरुका
छाक हर्छन्,
धिक्कार ! छ इश्वर
तिमीलाई
किन
दुःखीलाई मात्र दुःख दिन्छौं ।
¯¯
थाह छैन कुन तन्त्र छ
नेपालमा,
चक्काजाम छ रे ?
गाडी चल्दैन्,
तिनदिन भयो
गिठ्ठी नबेचेको
साहुले उधारो बन्द गर्‍यो
छोरा/छोरी
भोकै पर्ने भए,
साच्चैं यो छाडातन्त्र होइन र ?
गरिवले,
खान नपाउने,
सुखले बाँच्न नपाउने,
दुःखले कुटेको गिठ्ठीको पनि
प्रति ड्रम रु. एक कर लिन्छन्
चल्दापुर्जाहरु !
यो साच्चै कुन तन्त्र हो सर !
मसंग उत्तर छैन्,
केहिगर्न माध्यम छैन
खल्तिमा हात हाले
चप्पल बिनाका पाइतालाहरु
अघिबढें,
एक/दुइ पुरिया बिस्कुट थमाए,
उनिहरु खुशीले उप्रिए,
म दङ्ग परें,
तर,
अबको नेपालमा
यस्तो देख्न नपरोस !
यस्तै चाहनामा उनले
सुस्केरा हालें,
लामो श्वास फेरे,
एकचोटी आफ्नै र्
कर्मलाई धिक्कारे,
अनि,
नेपाल र नेपालीको
शान्तिको कामना गरें !
¯¯
सत्त्ते धरोधर्म,
यो उसैको आवाज हो,
जो, गिठ्ठी र ढुङ्गासंग
खेलेर पनि,
एक छाकमा चित्त्त
बुझाउन बाध्य छ ।
¯¯¯¯
२०६५-३-२९
भानु जयन्ती

स्वतन्त्रता


सङ्गीत आयाम

चरा उड्छ
पखेटा फिँजाएर
निर्विध्न नीलो आकाशमा
कति मनोरम छ परिवेश
धेरै टाढासम्म
उर्लिदै वग्छ
भावनात्मक संवेग
अनि समयले खुसी हुँदै
आफूभित्र लेख्छ
उज्यालोको कथा
हठात् पर कतैबाट
कालो बादलको एक झुण्ड
बर्खे भेल झैं गड्गडाउँदै
उज्यालोमाथि खस्छ
समय त्यसमा बलि चढ्छ
अँध्यारो संयन्त्रको विस्तारलाई
समयले आफूभित्र लेख्छ
चारैतिर धुवाँ सर्छ
वरिपरि कुहिरो बढ्छ
देख्दादेख्दै
निर्बाध उडिरहेको
त्यो चरा पिँजराभित्र पर्छ ।

उज्यालोको चौकीदारी


कृष्ण प्रर्साई

त्यतिखेर,
सम्पूर्ण ताताहरू हराएका थिए ।
समस्त उज्यालाहरू बिलाएका थिए ।
र समग्र न्यानाहरू चोरिएका थिए ।
समान न्यानो बाँड्ने सूर्यसमेत सेलाएको थियो ।
जसको उपस्थितिमा,
चिसोको अस्मिता स्वयं टुहुरो हुने गर्दथ्यो ।
र त्यतिखेर केवल,
चिसोका साम्राज्यहरू पालेर
ताराहरु जाग्राम बसेका हुन्थे आकाशमा ।
र लगातार रुपमा एउटा जूनलाई काखी च्यापेर,
शीत छरिरहेका थिए !
चिसो झारिरहेका थिए !!
र तुसारो फ्याँकिरहेका थिए !!!
उचाइको घमण्डमा,
आफ्नो सत्ताको तुजुकमा-
आकाश त्यतिखेर मात्तिएको थियो ।
हुनसक्छ आकाश अहंकारले ग्रस्त थियो ।
कैयौं वसन्त झरे पनि
सधैं शरद फलाएर,
अनि हिमपात बर्साएर-
र सिरेटो छर्केर,
आकाश त्यतिखेर
हाम्रो अस्तित्व नै निल्ने दाउमा थियो ।
हामी तल धर्तीमा,
बाँच्ने अधिकारको स्पष्ट बहुमत ल्याउन नसकेका,
मान्छेहरू भने,
चिसिएर-
सेपिएर-
र कक्रिएर आक्रन्त हुँदै,
आकाशले चोरेका हाम्रा न्यानाहरू,
धर्तीमै फर्काउन भनेर,
आकाशको विरुद्धमा एकजुट भएर-
समूह भरिरहन्थ्यौ ।
सभा लगाइरहन्थ्यौ ।
र नारा घन्काइरहन्थ्यौ ।
खबरदार !
तिमी तातो चोर्ने आकाशहरू,
अब कसैगरी हामीसँग नजिस्क-
हामी मान्छे हौं र मान्छे हुनुको हाम्रो हकलाई-
समाप्त पार्ने षड्यन्त्रहरू पनि नपस्क ।
जुलुसमा उभिएका हामीहरू त्यसबेलासम्म पनि,
ताताकै खोजीमा हुन्थ्यौं-
र आकाशले हडपेका न्यानो पार्ने हाम्रा संयन्त्रहरू -
हामी फिर्ता लिने तरखरमा थियौं ।
~ ~ ~
हुँदा-हुँदा,
हाम्रो आवाजले थर्किएर-
हाम्रो भीडसँग डराएर-
केही सीप नचलेपछि
एक दिन,
आकाश एकाएक एउटा सम्झौतामा आयो ।
र उसले लुकाएका हाम्रा उज्यालाहरू,
हाम्रा लागि धर्तीमै फिर्ता दिने भयो ।
यसरी हाम्रा न्यानाहरू विनाशर्त आकाशले फिर्ता दियो ।
~ ~ ~
अहिले पनि हामी एक हूल मान्छेहरू छौं ।
जो धर्तीमा फ्याँकिएको त्यो उज्यालो तापेर बसेका छौं ।
कतै फेरि आकाशले उज्यालो नचोरोस् भनेर,
अहिले हामी,
उज्यालोको चौकीदारीमा छौं ।

राष्ट्र दुख्नुहुन्न अब


केदार सुनुवार सँकेत

तिमी बहुजातिय राष्ट्रको आँखा भएर
केन्द्र विन्दुमा
असभ्यताको कोदालो खन्दै
गतिशील बिश्वसामु
राष्ट्रियताको प्रतिविम्ब खोज्दै
नेपाली
बदलामा
धोती लगाएर
भारतको मौलिकतामा बाँच्न रुचाउने
हाम्रा राष्ट्रनेताहरु
स्वीकार या अस्वीकार
तिमीहरु घोर निन्द्रामा फसेका छौ ।
तिम्रो जागरुकतामा नविनता
ब्यबहारमा स्पष्टता
दृष्टिमा पारदर्शिता
राज्यलाई सही दिशाबोध गराउन
पुर्याउछौकी भनेर
तिमीलाई शम्विधान लेख्न पठायौं
स्वीकार या अस्वीकार
पूनः कुर्सिको बांडफांडमा
तिमी फेरी किन अलमलिन थालेका छौ ?
तिमी यसरी अन्योलमा
ति म्रा पाईलाहरु लरबराउदै
अनिश्चितताको शृङ्खला बुन्दै्र
हिमाल, पहाड र मधेसकको मात्र होईन
सिङ्गो नेपालको प्रतिनिधित्व गरेर
गरिव बस्तिहरुका झुपडीबाट फुत्त निस्केर
कैयौ नेपाली पनको भेषभूषालाई कुल्चिएर
तिमी हिन्दीभाषामा शफत खाने
स्वीकार या अस्वीकार
नौटंकी विशिष्टता बोकेर हिड्ने
भन तिमी कुन नेपाली आमा्को छोरा हौ ?
हाम्रो राष्ट्रियतामा त
आफ्नै माटोमा प्रतिविम्बित भएर जोडिएको हुन्छ
खोला र नालामा कुंदिएको हुन्छ
भाषा, गीत र नाचमा हुन्छ
सेलो र डम्फुमा हुन्छ
पालाम र हाम्पारेमा हुन्छ
मादल र मर्चुङ्गामा हुन्छ
साँच्चै तिमी एउटा राष्ट्र नेताहौ भनेत
नेपाल भित्रको भाषा र संस्कृतिलाई
एकीकृतपो गर्नु पर्छ ।
तिमीले त्रि्रो घोषण पत्रमा
भारत मुखि भएर
नेपाली हिमश्रृलाका पवित्र पानी पिएर
अपबित्रता बोल्न
भन कस्-कस्ले
सिकायो तिमीलाई
श्री माननिय उपराष्ट्रपति परमानन्द झा जी
आज करौडौ नेपालीहरुको प्रश्न यहिनै छ
किनकि
राष्ट्र र राष्टिय्रता दुख्नु हुन्न फेरी पनि अब ।

गजल


बसन्त मोहन अधिकारी

कुसंस्कारका जञ्जीरहरु गाल्नु पर्छ अब ।
उँठ छोरी पुरुष साम्रज्य ढाल्नु पर्छ अब ।

गाउँ चल्छ ढिकी संग यो शहर कोठा संग
थुनि राख्ने चार दिवार फाल्नु पर्छ अब ।

यो चुला चौका, मेला र पात नारी कर्म अरे
यहि कर्मले देश हाँक्न थाल्नु पर्छ अब ।

न त जन्म दिन खोज्छन न त कर्म गर्न
यो सोच र पुरुष कानुन बाल्नु पर्छ अब ।

नारी कमजोर, भन्दै यहाँ फुक्दै हिड्नेलाई
देश हाँकी पुरुषको मुख टाल्नु पर्छ अब ।

सबै पदमा पुरुष राखी समानतको नारा
बुझ छोरी आफै पाईला चाल्नु पर्छ अब ।

चित्रकार बुवा


डी.वी. पालुङ्वा

मेरो बुबा असल चित्रकार हुनुहुन्थ्यो
र यो कलात्मक चित्र अपेक्षाकृत
दर्शन र ब्रम्हाण्डको एउटा कुनामा
आफनो खेत इमान्दारिताका साथ खन्दछ
र आफनो खेत खन्दा अर्काको सांध नमिचेर
एउटा आदर्श किशानको अहम् भूमिका निभाएर
मुन्धुम फलाक्ने त्यो चित्र त्यो फेदाङमा
जो हरेक वर्ष न्वांगी पुजा गर्दछ
उधौंली उभौंली पुजा गर्दछ
र चासोक तङनाम् मनाउछ
र तागेरा निङवाफ्माङलाइ साक्क्षात त्येही भेट गर्दछ
र त्यो विशुद्ध चित्रमा पापको कुनै बिम्ब छैन
अत पाप मुक्त हुन वैवल पढ्नु दरकारै छैन
वैवल घोक्नु सरोकारै छैन
नवाज पढ्नु हाम्रो रितमै छैन
कुरान घोक्नु हाम्रो रिवाजमै छैन
अनि म को हु भनेर पाष्टरले
मलाई चिनाइ दिनु परेकै छैन
र आफनो मुल घरको ढोकाबाट वौलाएर
दिन दहाडै र्स्वर्ग जाने बाटो खोज्नु
अकर्तब्यहरुको संसार रोज्नु छैन
र कसैको घोडा बांध्ने अस्तवल चाहार्नु छैन
र यो किपटको मालिक मोही भएर
कसैको मठमा गएर तिरो बुझाउने छैन
र कुनै साम्राज्यबादी पुजारीलाइ प्रणाम् गर्ने छैन
र कुनै साम्राज्यबादी पुजारीको खराउलाई
पोष्टकार्डमा खरिद गरेर
युमासाम्माङको थानमा सजाउनु छैन
आत्मघाती डाक्टर बनेर
आफनै शरिरमा सियो घोच्ने अपराधी हातहरु हुने छैन
ब्राउन सुगर र अफिम्को सर्को तान्ने नाक हुने छैन
डायलको स्वाद फड्कार्ने जिव्रो हुने छैन
सद्धाम् हुसेन्को मृत्यु दण्ड हेर्ने आंखा हुने छैन
र तिम्रो मृत्युको खवर सुन्ने कान् हुने छैन
र यी अवयवहरु पांचौ ज्ञानेन्द्रीय नभएका चित्र हुने छैन
र यी इन्द्रियहरु निस्क्रिय भएर अमुर्त चित्र बन्ने छैन
अब तिमी नै भन
यो चित्रमा के के हुने छैन ?
छैन भने अब मेरो बुवा जस्तै कुशल चित्रकार बनेर
एउटा असल तस्वीरको आदर्श चित्रकार वनेर
त्यस्तै सपना बुन्ने तिम्रो पृय रङ्गीन चित्र
तिम्रो कौशल्यतामा झुकेर सधैं प्रणाम् गर्दछ ।
कविता उनै असल चित्रकार बुवाहरुको निमित्त ।

हङकङ

गजल


भुपेन्द्र महत

धुस्नो पारी खुद्यौ मन,बाझो जिबन जिउन थाले
फाटेको खुशी कहाँ तुनिन्छ र? किन सिउन थाले

हराइ सक्या छु आफ्नै घर ठाउमा एक्लो भए
मान्छेलाई मान्छे बिझ्यो आँफै भुली पिउन थाले

आगो निली छाती बाले धुवा फैलिएला भनेरै
चर्काइएको मुटुमा तिम्रो यादले लिउन थाले

मदशालाका मदिरा फगत पानी भए अचेल
शायद अब जहरले नपुग्ने भित्ती हुन थाले

मुटुमा कोरेको मेरो नाम खोइ कसरी मेटायौ
ग्रहुगो मन पारी तिम्रो झल्का मैले नि धुन थाले
कोलोराडो ,अमेरिका

गजल


आचार्य प्रभा

तिमी थियौ आफ्नै शूरमा सधैभरी दंग
तब झस्क्यौ अनायासै जब उडयो रंग
-
सबैले नै शिरोपर राखेकै थियो तिम्लाई
आफ्नो पनी हुनुपरयो मान पाउने ढंग
-
तिमी भलो छौ भने बैरी को नै हुन्छ
भन अब माफी तिम्ले माग्छौ को संग?
-
सके सम्म बल्बुत्ताले थिच्न खोज्यौ सबलाई
कुनै दिन हुन्छ होला तिम्रो गोप्य भंग
( कोलोराडो अमेरिका )

मेरो नेपाल..........


दिलिप योन्जन

धेरै भयो, न लेखेको, देश सम्झि किन
के लेख्नु, मनै रुवाई, नेता देखी किन।

बहुदल आयो, बहुदल खायो, लुटे सबले देश
कोही तराई, कोही पाहाड, नरहने भो भेष।

हुटिटयाउ भई, देश थाम्ने, गिरिजा देशको नेता
गिद र ब्वासोको, लुछा चुडीमा, हुनेभो देश सुहा।

कहिले माओबादी,कहिले खाओबादी,सबले मारे जनता
गनतत्रको नाममा, खेल्नु खेले, देशै भयो गन्धा।

जनता मरे, देशको नाममा, नेताको भो चइन
बाडी चुडी, खाए देशको बजेट, बनाई आफै एन।

नाङो जनता, गरीब देश, राजा देसको धनी
बिष्नुको अबतार, घर न घाटको, गरे सि मन्परी।

कुर्सी प्यारो, पद राम्रो, लाचारी-बैमानी नेतालाई
देश बनाउ, लागेन कहिले, बादरे नितीको नेतालाई।

महङी बडाछ, आम्दानी छैन, जनताको भो बेहाल
कुर्सीको लागी, कुकुर झै लड्छ, नेता भो पागल।

बुदको देश, हिन्दु राष्ट्र, सबै भो चक्नाचुर
सत्यको सधै, बिजय हुन्छ, गरे नि अत्याचार।

सन्धि सम्झौता, थाहा नहुने, नेपालको बरिस्ट नेता
कहिले टिस्टा, कहिले टनक्पुर, सार्याछ देशको सिमाना।

नगर्नु भरोसा, नेपाली नेताको, बेच्याछ नदी नाला
होसियार हुनु, देशलाइ बेची, बिदेश पोइला जाला।

भाषन गर्छ, नकली नाटक, सधै जनता छकाउन
चुनाब आयो, जान्छ गाँउ, फटाहा जनतालाइ फकाउन।

झोला चपलमा, भेटिने नेताको, काठ्मा गाडी महल
देशको बजेट, भाग बन्डा लाए, नेता बनेर दलाल।

देशको लागी, सहिद भयो, भोक-भोकै बल-बच्चान
पाउदा खाना, बिधुवा बुढी, बेच्दैछ सहिदको सपना।

झुकाई जनता, लुटेर देशलाई, मनाउ खुब मज्जा
कुन दिन हान्छ, ज्ञानेलाई जस्तो, जनताले जोर लात्ता।

भना-भन, हाना थाप मै, अल्झियो देशको रजनिती
पद कै भोका, बदनामी नेताहरुले, गर्लार देशको प्रगती।

दिनमा यता, रातमा उता, फेर्नु फेर्यो नेताले रुप
मदभेद त्यागी, देश बनाउन, कहिले होला एकजुट।

नेता मिली, जनता लडाउ, अझै मार्नु मार पापी
देश जलाई, जनता रुवाई, गर्नु मोज गर जाली।

कहिले तराई, कहिले भ्याली, बन्द गर टाएर बाली
देश जलाई, आगो ताप्ने, नेता कती भाग्य मानी।

डुले पनि, देश बिदेश, फेरिएन कहिले नेताको गिह्दि
मेरै गोरुको, बारै ट्क्का, छोडेन भडुवाले लेडे ढिप्पी।

प्रडो पाजेरो, माडेको घरमा, नेता बिक्यो पैशाको लागी
लाज सरम, सबै चपाए, नेतालाई लाग्यो भोक मारी।

बनाउ नेपाल, सुन्दर सान्त, बिश्वमा नेपाली चिनाउन
नगरी युद, भैइ एक जुट, बनाउ हामीले नेपाल।

सबैले भनौ, जय२ नेपाल, नेपाली सब समान
हातमा हात राखी, कसम खाई, बनाउ हाम्रो नेपाल।

जय जय नेपाल।

आधाआकास नारीको कलम

छक्कु उदासी

बेर छैन अब चुनामीको रुप बनेर एकै चोटि बडार्न
बेर छैन कालो बत्छिम र कालो अरींगाल बनेर घेर्न
बेर छैन गोमन सर्प बनेर पाउ देखी सिर सम्म बेर्न
बॆर छैन अब ति पापहरु सबै एक एक भन्डाफोर गर्न

अब कलम अन्याय र अत्याचार सहने वाला छैन
अब कलम सत्य र तथ्य कुरा लुकाउने वाला छैन
अब कलम कसैसंग रतिभर पनि डगने वाला छैन
होसियर ! अब कलम यत्तिकै चुप लाग्ने वाला छैन

चाहे त्यो सगरमाथा झुकोस कलम कहिलै झुक्दैन
चाहे ति नदिनालाहरु सुकोस कलमको मसि सुक्दैन
चाहे त्यो आकास सुकोस कलमको संसार सुक्दैन
त्यसैले दुनिया सुते पनि अब कलमको संसार सुत्दैन
कलम दहरिलो भाला बनेर मुटुनै छेडनु परेको छ
हो बहादुर बनेर थाप्लोमा छेलो बजार्न परेको छ
निदर बनेर बन्दुकलाई पनि कलमले भुटनु पर्छ
सहासी बनेर तरबारलाई पनि कलमले गीडनु पर्छ

अरु त के कुरा अब देश नै हाक्ने आंत गरेको छ
सिंगो राष्ट्रनै कलमको टुप्पोमा नचाउने छांट गरेको छ
निरिह भएर सुत्ने बेला छैन, अब कलम जुतदै छ
तातो तातो मसि तताउदै अब कलम सुरिईदै छ

होसियार ! धोकेबाजी र पापीहरुलाई नंग्याउला
टुप्पीमा नौ रंगी धजा बांडेर घरबाटै ढपाउला
अनुहारमा कालो मोसो दलेर बजार धुमाउला
कान समातेर हजारौ पटक उठ बस गराउला
जापान