नयाँ नेपालको पुराना मान्छेहरू.....


नरेश सुनुवार

गतिशिल समयको कालखण्डले
जो नेपाल देश निर्माण गर्‍यो
लाग्दछ, अभागि नै हुन् की नेपाली जनता
जो प्रत्येक शासकहरूले
उनिहरूको स्वाभिमानलाई कुल्चेर
केवल रैति बनाए
बहुलताको अश्तित्व नामेट पारेर
राष्ट्रलाई घोडा चढेर
आफ्नो प्रभुत्व जमाएर
मुलुकलाई विर्ता जस्तै सम्झेर
मात्र तुच्छ स्वार्थ पुरा गर्न
हालीमुहाली गर्ने थलो बनाए
र, रतिक्रिडा गर्ने वधशाला बनाए
प्रत्येक कालखण्डमा उदाएका
हरेक धुर्त नयाँ शाशकहरूले,
तिनै हुन जनता
जो नेताहरूलाई साथ दिए
तिनै हुन जनता
जसले नेताहरूलाई काधमा चढाए
तिनै हुन जनता
जसले प्रत्येक आन्दोलनमा
ज्यानको बलि चडाए
रगत बगाए
भीषण युद्घ लढे
र, सत्ताका पुराना अवशेष ढालेर
तिनै नव नेतालाई
सत्ताधारी बनाए
शाशक बनाए,
हाम्रो नेपालमा
जति नै नयाँ शासन बदलिए पनि
जति नै नयाँ शाशक उदाए पनि
कुनै भिन्नता आएन
केवल मान्छे फेरिए
नश्ल फेरिएन
अनुहारहरू फेरिए
मुहार फेरिएन
व्यक्ति फेरिए
स्वभाव फेरिएन
युग फेरियो
विचार फेरिएन
तेसैले
प्रतेक पल्र्टर् इतिहास दोहोरियो
मात्र शाशक नयाँ
तर उहि पुरानो काईदा
उहि पुरानो नेपाल,
इतिहासका लामबद्घ पंक्तिहरूमा
प्रत्येक शाशकहरूबाट
शासित हामी
शोषित हामी
साताइएका हामी
फसाइएका हामी
अपमानित हामी
ठगिएको हामी
बेचिएका हामीर्
र्सवश्व लुटिएका पिडित हामी
आदिमकाल देखिका
आदिम मान्छे हामी
आदिवासी जनजाति हामी,
राणा शासनको १०४ बर्ष
खेप्यू हामीले
निरङ्कुश शासनको ३४० बर्ष
भोग्यौं हामीले
पन्चे शाशनको ३० बर्ष
थेग्यौं हामीले
बहुदलको १२ बर्ष
देख्यौं हामीले
जनयुद्घको १० वर्षपनि
बरण गर्‍यौं हामीले
त्यहि युद्घको नाममा
हजारौ हजारको ज्यान लास बनेको छ
र, त्यही लासको पहाड माथि चढेर
अनेक रुप बदलेरर्
वर्ग संघर्षको नाममा
संघियताको नाममा
समावेशीको नाममा
स्वयत्तताको नाममा
गणतन्त्रको नयाँ नारा फुकेर
सत्तामा नयाँ शाशकहरू पुगेका छन्,
अब मनन् गरेर
चनाखो भएर
शासकहरूको चलखेललाई
हेर्नु परेको छ तेश्रो आँखाले
सुन्नु परेको छ तेश्रो कानले
बुझ्नु परेको छ छैठौ इन्द्रीयले
नत्र इतिहास पुनः दोहोरिन सक्छ
गणतन्त्रको नाममा षणयन्त्र हुन सक्छ
सम्झौताको नाममा धोका हुन सक्छ
शब्दजालको खेल खेलिन सक्छ
तेसैले व्यूझनु परेको छ नयाँ नेपालमा
आदिम मान्छे हामीहरूले
सोच्नु परेको छ एकमुष्ट भई आजको नयाँ नेपालमा
सम्पूण आदिवासी जनजाति तथा उत्पिडित वर्गहरूले ।

No comments: