छबिरमण सिलवाल
छानो आकाश छ,
ओच्छयान बालुवा
खोलामा ढुंङ्गा छदैछन्
हम्बर चलाई रहेका
सानाहातहरु
शिक्षाबाट वन्चित छन्,
भोक रोग सहनु
बाध्यता हो,
समयले ठगिएका
नाङ्गा भुतूङ्गा,
असरल्ल खोला किनाराहरुमा
सस्तो श्रममा गिठ्ठी कुटाउन,
बाध्यछन्,
आमाहरु/बुबाहरु
¯¯
दुइ छाक टार्न
धौं धौ पर्ने,
त्यो बगरका
पीडीतहातहरु
भङ्गालोमा पस्छन्,
ढुङ्गा टिप्छन्,
थाह छैन तिनलाई
कतिबेला
भङ्गालोले साथी बनाउँछ
अनि ति,
टुहुरा कर्महरुका
छाक हर्छन्,
धिक्कार ! छ इश्वर
तिमीलाई
किन
दुःखीलाई मात्र दुःख दिन्छौं ।
¯¯
थाह छैन कुन तन्त्र छ
नेपालमा,
चक्काजाम छ रे ?
गाडी चल्दैन्,
तिनदिन भयो
गिठ्ठी नबेचेको
साहुले उधारो बन्द गर्यो
छोरा/छोरी
भोकै पर्ने भए,
साच्चैं यो छाडातन्त्र होइन र ?
गरिवले,
खान नपाउने,
सुखले बाँच्न नपाउने,
दुःखले कुटेको गिठ्ठीको पनि
प्रति ड्रम रु. एक कर लिन्छन्
चल्दापुर्जाहरु !
यो साच्चै कुन तन्त्र हो सर !
मसंग उत्तर छैन्,
केहिगर्न माध्यम छैन
खल्तिमा हात हाले
चप्पल बिनाका पाइतालाहरु
अघिबढें,
एक/दुइ पुरिया बिस्कुट थमाए,
उनिहरु खुशीले उप्रिए,
म दङ्ग परें,
तर,
अबको नेपालमा
यस्तो देख्न नपरोस !
यस्तै चाहनामा उनले
सुस्केरा हालें,
लामो श्वास फेरे,
एकचोटी आफ्नै र्
कर्मलाई धिक्कारे,
अनि,
नेपाल र नेपालीको
शान्तिको कामना गरें !
¯¯
सत्त्ते धरोधर्म,
यो उसैको आवाज हो,
जो, गिठ्ठी र ढुङ्गासंग
खेलेर पनि,
एक छाकमा चित्त्त
बुझाउन बाध्य छ ।
¯¯¯¯
२०६५-३-२९
भानु जयन्ती
No comments:
Post a Comment