Monday, August 04, 2008

आधाआकास नारीको कलम

छक्कु उदासी

बेर छैन अब चुनामीको रुप बनेर एकै चोटि बडार्न
बेर छैन कालो बत्छिम र कालो अरींगाल बनेर घेर्न
बेर छैन गोमन सर्प बनेर पाउ देखी सिर सम्म बेर्न
बॆर छैन अब ति पापहरु सबै एक एक भन्डाफोर गर्न

अब कलम अन्याय र अत्याचार सहने वाला छैन
अब कलम सत्य र तथ्य कुरा लुकाउने वाला छैन
अब कलम कसैसंग रतिभर पनि डगने वाला छैन
होसियर ! अब कलम यत्तिकै चुप लाग्ने वाला छैन

चाहे त्यो सगरमाथा झुकोस कलम कहिलै झुक्दैन
चाहे ति नदिनालाहरु सुकोस कलमको मसि सुक्दैन
चाहे त्यो आकास सुकोस कलमको संसार सुक्दैन
त्यसैले दुनिया सुते पनि अब कलमको संसार सुत्दैन
कलम दहरिलो भाला बनेर मुटुनै छेडनु परेको छ
हो बहादुर बनेर थाप्लोमा छेलो बजार्न परेको छ
निदर बनेर बन्दुकलाई पनि कलमले भुटनु पर्छ
सहासी बनेर तरबारलाई पनि कलमले गीडनु पर्छ

अरु त के कुरा अब देश नै हाक्ने आंत गरेको छ
सिंगो राष्ट्रनै कलमको टुप्पोमा नचाउने छांट गरेको छ
निरिह भएर सुत्ने बेला छैन, अब कलम जुतदै छ
तातो तातो मसि तताउदै अब कलम सुरिईदै छ

होसियार ! धोकेबाजी र पापीहरुलाई नंग्याउला
टुप्पीमा नौ रंगी धजा बांडेर घरबाटै ढपाउला
अनुहारमा कालो मोसो दलेर बजार धुमाउला
कान समातेर हजारौ पटक उठ बस गराउला
जापान

0 comments: