गजल


बसन्त मोहन अधिकारी

बिहानीको पहिलो झुल्का हिमाल हेर्न दिनु ।
मेरो देशको मलाई आफै, मुहार फेर्न दिनु ।

चाहिदैन हिरा मोती युद्ध रच्ने जालहरु
शान्तिको दिप जलार्इ, मेरो देश घेर्न दिनु ।

युद्ध अनि आतङ्कले भत्कीएछ मेरो घर
पौरखी पाखुरालार्इ, घरको, बार बेर्न दिनु ।

गण्डकले बगाएर, कोशीले डुबाउँदैछ
ति सम्झौता र सन्धिहरु, मलाई फेर्न दिनु ।

धेरै मरे अकालमा नेपाली सन्तानहरु !
विर गोर्खाली खुकुरीलाई, दुश्मन सेर्न दिनु ।
यूएइ

No comments: