गजल


बसन्त मोहन अधिकारी

कुसंस्कारका जञ्जीरहरु गाल्नु पर्छ अब ।
उँठ छोरी पुरुष साम्रज्य ढाल्नु पर्छ अब ।

गाउँ चल्छ ढिकी संग यो शहर कोठा संग
थुनि राख्ने चार दिवार फाल्नु पर्छ अब ।

यो चुला चौका, मेला र पात नारी कर्म अरे
यहि कर्मले देश हाँक्न थाल्नु पर्छ अब ।

न त जन्म दिन खोज्छन न त कर्म गर्न
यो सोच र पुरुष कानुन बाल्नु पर्छ अब ।

नारी कमजोर, भन्दै यहाँ फुक्दै हिड्नेलाई
देश हाँकी पुरुषको मुख टाल्नु पर्छ अब ।

सबै पदमा पुरुष राखी समानतको नारा
बुझ छोरी आफै पाईला चाल्नु पर्छ अब ।

No comments: