स्वतन्त्रता


सङ्गीत आयाम

चरा उड्छ
पखेटा फिँजाएर
निर्विध्न नीलो आकाशमा
कति मनोरम छ परिवेश
धेरै टाढासम्म
उर्लिदै वग्छ
भावनात्मक संवेग
अनि समयले खुसी हुँदै
आफूभित्र लेख्छ
उज्यालोको कथा
हठात् पर कतैबाट
कालो बादलको एक झुण्ड
बर्खे भेल झैं गड्गडाउँदै
उज्यालोमाथि खस्छ
समय त्यसमा बलि चढ्छ
अँध्यारो संयन्त्रको विस्तारलाई
समयले आफूभित्र लेख्छ
चारैतिर धुवाँ सर्छ
वरिपरि कुहिरो बढ्छ
देख्दादेख्दै
निर्बाध उडिरहेको
त्यो चरा पिँजराभित्र पर्छ ।

No comments: