तीजको बेला

निर्छली शीत्कार

भाद्रशुक्लपक्ष आयो
तीजपर्व गीतमा पाउजु छन्छनायो
शिवपार्वतीको उपासना गर्यो
दुष्टै पति भएपनि दीर्घायु पुकार्यो ।

रंङ्गीचङ्गी ब्रस्त लायो
महार्घ गहनाले सिरपाउ झपक्क पार्यो
एक दिन भोकै बसि
राम्रो पति पाउने कल्पना सागरमा डुब्यो ।

नुवाई धुवाई चोख्यो
छर्की जल सिरपाउ उपर
चोरी-पाप गंङ्गामा पखालि
भयो तीर्थस्थान सयर ।

जो छन् भरिभराउ यहां
तीनैका गुञ्जियो मन्का पर्बत
छैन आफ्नोत मात्र पबित्र मन
कुञ्जियो घरमै पिउदै सर्बत ।

म झस्किन्छु सधै
चाडबाडको जब कुरा हुन्छ यहां
खैः कहां छ र न्यायको अदालत
जहां हुन्छ म जस्ताको न्याय त्यहां ।

क्यम्बर्ली

No comments: