भाईटीका


सुनिता गिरी

आँखा भरी आँसु छल्किएको बेला
मनमा नमिठो अनुभुतिको हावा चलेको छ ,
रुवाइका हिक्काहरुको गाँठो परेकेाबेला,
दशैको पीडा सकेर हीजो आज,
फेरी यो तिहार भित्रीएको छ
प्रदेशको पीडा भरी दुखी रहेका मनहरु
हरेक तिहारहरुमा सयपत्री र मखमली
मन भित्रै ओइलाईरहन्छ
सम्झीएर अतितका बिहानीहरुलाई
पुर्व दिशा फर्काएर राखिएको गलैचा माथी
दाजुभाई पलेटी कसेर बसेको
यमराजलाई बाटो छेक्न,
दैलोमा ओखर फुटाएको आवाज
कानमा प्रतिध्वनि बनेर गुन्जिरहेको छ
हरीयो गोबर ले लिपेकोको भुइमाथी
रेखीले कोरीएका बुट्टाहरु ,
थालीमा सप्तरङगी टीका
अनी रङगाइएका कलशहरु,
किस्तिभरीका किसमिस संगै
सेलरोटी र मिठाइका स्वादहरु,
ढाकी भरी चुलिएका
सयपत्री र मखमलीका माला हरु,
राष्ट्रियता झल्काउने ढाकाका टोपीहरु,
आफनोपनको न्यानोमाया झल्काउने, गलैको गलबन्दी
खै कसरी बिर्सनु र मैले,
पाईला पाईलामा यो तीहार दुखी रहेछ
तै पनि हृदयबाट आर्शिबादका बर्षाहरु,
आरोग्य र दिर्घायूका भेल हरु उर्लिरहेछन
भावनाको पोल्टाबाट चिरन्जिबी दियो बाल्दै
सुस्वास्थ र सफलताको शुभकामना बर्षउदै
देशबिदेश छरिएका नेपाली दाजुभाइलाई
हार्दिक शुभकामना
यही नै हृदयको चाहना !!!
हङकङ

1 comment:

बिमल गिरी said...

बैनी नमस्कार,
तपाईंको तिहार प्रती को भावना
समय सान्दर्भिक अतिनै सुन्दरछन।
कता कता तपाईंको कबिता पड्दा
आफ्नो गाउघरको,जन्मथलोको र आफन्तहरुको
याद आयो तर हामी कोसौ टाढाछौ।
तर केहीछैन एकदिन अबस्य जानेछौ
नेपाल आमाको न्यानो काखमा।
प्रतिक्षा गरौ त्यो दिनको भन्दै
दीपावलीको मंगलमय शुभकामना।