Wednesday, October 29, 2008

लक्ष्मीका प्रसाद तिमी “देवकोटा”


सुनिता गिरी

लक्ष्मीका प्रसाद तिमी
करोडौंका स्पन्दन बनेर ,
शब्द शब्दमा छताछुल्ल छल्किएका छौ
झलमल्ल लागेको घाम संगै,
मनका खेतका गरा गरा मा बयेली खेलीरहन्छौ
बहुभाषिक मष्तिष्कमा राज गर्दै
मानव मनका पाखाहरुमा
तिम्रा प्रख्यात कृतिहरुले
समयको दाइ गरिरहन्छ
संघर्षको कुन्यू लगाउदै
प्रेरणाको पूर्ण भकारी भएर
पल पलमा डुबुल्की मारीरहन्छौ
मानव सेवा नै परम सम्झी,
सयोग र बियोगका बलेसीमा भिज्दै
आफैलाई उज्यालो ज्योति बनायौ
कविहरुका महाकवि बनायौ
ज्योर्तिमय ज्वाला बनि
सबैको हृदय माहोलमा ,
लक्ष्मीको प्रसाद भएर भित्रीयौ ।
औशीको कालो पर्दा हटाई
झलमल बनी झुल्कियौ
अमर दियो बनी सल्कियौ

हङकङ

0 comments: