Wednesday, October 15, 2008

ममताको मुटु


टेक थजाली "मगर'


उषा अनि गोधुली बिच प्रभातको भलाकुसारीमा
चन्द्रमा र चाँदनी देखी लुकेको छैन म
अनुपम आमोद-प्रमोद जिवन रेखा परिधीका साथ
बिवश आँशु र पसिनासँगको मितेरिमा
अंजुलीको मनसुन यामलाई भुलेको छैन म
पहाडमाथि कोरिएका प्रगतीपथका सुस्केराहरुमा
हिम खोलीको कन्चन जलनै आहाँ
संरक्षक बिहिन पहिरोले पुरिरहेकी सायद
चञ्चल सागरको बाधलाई अँ हँ तोड्न सकेको छैन
बिस्मातको आगोमानै जल्नु किन नपरोस
गगनको झर्नालाइनी कुर्नु छैन
लाग्छ,अवशर र चुनौतीको संगम हो जिवन
त्यही जिवन धुवा र अल्कोहल सित उदाएर
अबिनाशी बैमनस्य पवनहरु पनी भेटेको छु
छलेर जानुत सृष्टिको रिती
अजम्बरीको कुरा त कहा गर्याछु र ?
उफ! तिलाञ्जलीको नदी बग्नु नै पर्छ
अझै नियतीको रेखापनी कोरेको छैन
मन मझेरीको भकारीमा यादहरु थन्काएर
ऐश्वर्यको लागी अर्चना पनी गरेको छैन आजसम्म
कल्पित छु म ममताको मुटुनै हो लहना
ममताकै मुटु साति कुसल नै छु
गन्तब्यको यात्रामा बिशालु काँडाले लगाएनी पर्म
समयको आरोह अबरोहहरुमा घस्रिनुनै पर्छ
तिरस्कार गर्नु यानेकी भन्नु यो त झेलीपन
चिर निन्द्रामा बिश्रान्ती पाउनु पर्दा
आखिर आचल तिम्रै फर्कनेछ यो मान्छे

झिँ-८,म्याग्दी,हाल;यु,ए,ई

0 comments: