Sunday, September 28, 2008

'निरर्थक उदारता


आचार्य प्रभा

उदार भएर कसैलाई सहानुभूती
पोख्छौ भने पाउनुको अर्थमा मात्र
उदारताको अभिनय नगर
त्यो त केवल स्वार्थको रूप मात्र बन्न सक्छ
हो ,तिमी कसैको पनि सहयोगी
बन्न सक्छौ मानवरूपी नाताले
तर सहयोगको बद्लामा
आँफैले आँफैलाई सहयोगिको उपमा दिएर
बिज्ञापन गर्दै हिड्छौ भने
त्यो पनि सस्तो हल्ला र निरर्थक
सहयोग मात्र बन्न सक्छ
बरु त्यसो हो भने,
तिमी मौन बस,
एक्लै बाँच,
सहानुभुती र सहयोगि भावना
मनभित्रै साँच
किन कि कोही त तिम्रो
सहयोग र दयाको भिखारी नबनोस
अनि कोही त तिम्रो
चर्चाको पात्र नबनोस

०९ १८/०८
(अमेरिका )

0 comments: