नेपाली सेक्युरिटी युध्द-भूमिमा


दीपेन गर्बुजा

मकै खुईल्याउने हातहरुले
म्यागेजिन भित्र
एम्मुनिसन भरिरहेका छन्
हसिया, हलो अनि कोदाली
समात्ने हातहरुले
पिकेम, एम-सिक्स्टीन, एम-फोर
एके-फोर्टीसेभेन अनि पिस्तोल
समातिरहेक छन
खेत-वारी अनि वन-पाखा जाने
पाइलाहरु
युध्द-भूमितिर
लम्किरहेका छन
असिनाको गेडाले लागेका शरिरहरुमा
गोलीहरु लागिरहेका छन
गाउको पाखामा
बादलले छेकेका नजरहरु
त्यो युध्द-भूमिमा बिष्फोटका
धुवाहरुले छेकिरहेका छन्
खेतमा जादा बादर हेर्ने नजरहरु
आफ्नो बिपक्षका
सत्रुहरु हेरिरहेका छन्
महल बनाउने सपना देखी
जीवनको पर्बाह नगरी
जोखिम पेसालाई
अङगालीरहेका छन्
कतिपय दाजु-भाईहरुले
पैसाको लोभमा
आफ्नो जीवन ब्यर्थमा
त्यागिरहेका छन्
अनी दिदी-बहिनीहरु
बिधुवा बनिरहेका छन्
त्यसैले नेपाल आमा भने
आफ्नो छोराहरु
सकुसल फर्की आओस भनि
प्रथाना गर्दै
तड्पी रहेकी छिन ।

No comments: