भोका उडुस


सूर्यविक्रम याक्खा

चेप्सो टाँसीएका ,फनफनी घुम्दै ,
गाँऊ,वस्ति-वस्तिहरुमा ,
ओछयानको चोसा-चोसामा ,
चाहारिएर ,सुटुकै वसे छ ,
ति भोका उडुसहरु ...,
कोही चिच्याउदै कार्पेट र
भित्ता-भित्तामा दगुरी रहे ।
कोही गुजुल्टीएर वसिरहे ,
मानव रुपी गन्ध , पाउन साथ
छरिए ,सशंस्त्र , भोको प्यास मेटाउन ,
भोका उडुसहरु ......।
रगत चुस्न पल्केका
शहरको अलिसान माथि
पुटुस ढाडिएर ,
छक्का दाऊ कुरिरहे ...,।
ति भोका उडुसहरु ..............!!

No comments: