हाईकू


सूर्यविक्रम याक्खा

क)
सुसेली हाली
सुस्केरा लगाऊ छौ ,
चैतको वेला !

ख)
गुञ्जीयो वन
र्रुइरहे न्याउली ,
गुधुली साँझ !

ग)
विरही भाँका
फेरि-फेरि गाउछे ,
त्यो पारी गाऊ !

घ)
दुःखेको घाऊ
कोटयाऊ छौ किन ,
माया दिएर !

ङ)
झुट्टा पिरती
माया गर्नेहरुले ,
धोका दिने छ !!

मिति २०१०/०६/१४
मोरङ,पथरी / हाल - साउदी रियाद
,

No comments: