हामीले फेरि अर्को सपना सजायौ


स्यानु पाईजा

हिजो को मुवाईल मिटिङ पछि
बिग्रेका केहि सेटिङहरु सुध्रिए
हामीले फेरि अर्को सपना सजायौ
रहरहरु एक कत्था गर्यौ
बिचारहरु आदन-प्रदान गर्यौ
मानौ त खुल्ला छरिएका पन्नाहरु
साझा बाईन्डरमा छिरायौ
सम्झिनुको मजा बेग्लै बिर्सिएका दिनहरु
भेटिनुको मजा बेग्लै छुटिएका साथहरु
परिमार्जित संस्करण पछिका दिनहरुमा
सँगै जिउने आधारहरु को खोजीमा
प्यानमा पिजा पकाउने रिसिपि जम्मा गरे
उनि सेलरोटी बनाउने तरिका सिकिन
हामीले पानी उमाले मात्रै पुग्ने नुडल्स जस्तै
सजिलो सजिलो रिसिपि हरु खोज्यौ
धेरै पछि फेरी हामीले यस्तो सपना देख्यौ
हिजो को मुवाईल मिटिङ पछि
बिग्रेका केहि सेटिङहरु सुध्रिए
हामीले फेरि अर्को सपना सजायौ

पात्लेखेत-७, म्याग्दी

1 comment:

Ramchandra said...

Dherai Ramro , majja aayo padna... wow !!!
Entertainment Nepal