जान्न त्यागी देशलाई...


भानेन्द्रकुमार सम्बाहाङ्फे

जान्न त्यागी देशलाई, बैगुनी बनेर
गरी बदनाम् देशको, कपूत बनेर
पिइ बाँच्छु पानी बरु, यहीँ नै रमेर ।

चौतारी पाटी द्यौराली, माथि छ हिमाल
क्या राम्रो हेर नाचेको, डाँफे र मुनाल
र्स्वर्ग झैँ देश लत्याइ, जान्न त्यो मुग्लान
महान् छ मेरो यो देश, मामुली नठान ।

हरियो पहाड् क्या राम्रो, गुराँस फुलेर
गण्डकी कोशी कर्णाली, बग्दछन् खुलेरर्
उर्वरभूमि तरार्इ, अन्नको भण्डार
सुनौला बाला धानको, फल्दछ अपार ।

पिएर पानी यहीँको, भएँ म जवान
देशको सेवा गर्नुछ, अधम बन्दिन
विशाल मेरो नेपाल, शान्तिको मुहान
त्यसैले जान्न छोडेर, बुद्धको निशान ।

काठमाण्डौ ।
२०६६/०१/२६

No comments: