नाटकभित्रको नाटक


सूर्यविक्रम याक्खा

लेखिए कविताहरु , तिम्रै नाऊमा चढाएर ,
संयोग पछि वियोगको ,नाटकभित्रको नाटक खेलाएर !
म वीर , वुद्व जन्मेको ,
म शान्तिलाई ,
सिमाना पारी हस्तक्षेप गरिन्दै छ ।
मेरो शिर सगरमाथा ,रैरहे पनि ,
देश भित्र-भित्रै ,लुछाचुडी गर्दै छ ।
मरेका स्यालहरु , जुरमुराउदै.........., ।
नाटकको पात्र भई , नाटक भित्र नाटक देखाउदै छ ।
कसैलाई डर धम्की दिएर ,तर्साउन खोज्छ ,
कसैलाई ललिपप दिएर ,फकाउन खोज्छ ,
मेरो वुद्वलाई तल्लो गाँऊमा देखाऊन खोज्छ ।
मेरो देश ,मेरो नेपाल ,
प्रान्तिय राज्यहरुमा ............., ।
विकाशको निम्ति ,
खोसिएको थालीको निम्ति ,
आगोको मुस्लो संगै ,
धुवा ,धुलोमा मुछिएर ,
सडक-गल्ली ,चोकहरु तातिन्दै छ !
मेरो सिमाना लुटिन्दां ..............,
चुप-चाप छन ।
नाटकभित्रको पात्रहरु ,नाटक देखाएर ......., !!

मिति - २०१० / ०६ / २०

No comments: