बेचिएकी कविता


सूर्यविक्रम याक्खा

एक काँदे झोला ,निलो कलरको
घामले पिल्सिएर खैरो-खैरो परेको ,
झोला भित्रको मेरो कविता ,
धेरै साल भो हराएको ।
देखे मैले उनीलाई ,
शहर भित्र रमाएको ,
भेटे मैले उनीलाई ,
अखबरमा छपाएको ।
कसैको नाम प्रति सिंदुर लाएको ,
कसैको नाममा वेचिएकी मेरी कविता !
'' त्यस वेला ,, ..........
विद्रोहलाई अंगाल्न मन लाग्छ ,
उनको सिंदुर मेट्न मन लाग्छ ।
मेरो दिलभित्रको कविता ,
सगरमाथा जस्तै उच्च शिरको कविता ,
तडपाएर खोस्न मन लनग्छ !
'' त्यही कविता ,, .............
सभाहल भित्र वाचन गरिन्दै थिए ,
गुन-गानको गीत गाईदै थिए ,
फेरी कसैको नाममा वेचिएका थिए ......!!

मिति - २०१० / ०६ / २३

No comments: