Thursday, July 22, 2010

आज तिमीलाई सम्झीएर


केवल गंगा गुरुङ्ग

आज तिमीलाई सम्झीएर फुल्न मन लाग्यो
तिम्रो प्रेमको लहरामा झुल्न मन लाग्यो

एक थुगाँ भए पनि मेरै लागी फुली देउ
प्रेममय रसहरु फुल भरी भरी देउ
फुल तिमी तिम्रै रसमा भुल्न मन लाग्यो
तिम्रो प्रेमको लहरामा झुल्न मन लाग्यो

सुन्दर सिर्जनाको एउटा थुगाँ तिमी हौ
माया विश्वास छ र त आज हामी छौ
तिम्रो जिवन सागरमा डुब्न मन लाग्यो
तिम्रो प्रेमको लहारामा झुल्न मन लाग्यो

0 comments: