बन्द कोठाबाट बाहिर निस्क


दीपेन गर्बुजा

बन्द कोठाबाट बाहिर निस्क
मुर्खहरुसँग धेरै न जिस्क
चारै दिशा ढोकाहरु खुलाछन
आफ्नो खुबी अनुसारको दिशा रोज
तन,मन अनि धन एकै दिशामा केन्द्रीत गर
आफु भन्दा बुद्दीमानी ब्यक्तिको सहयोग खोज
अन्धो,अपाङ्ग अनि टुहुराहरुलाई माया गर
आफु भन्दा ठुलो ब्यक्तिको आदर गर
नारीहरुको जीवनमा कहिल्यै खेल्वाद नगर
पुर्खाहरुको सम्पत्ति अनि रितिरीवाजलाई जोगाउ
आउने पुस्ताहरुको लागि पनि बचाउ
समय अनुसारको परिवर्तनसँग आफ्नो परिचय देखाउ
आउने पुस्ताहरुको लागि राम्रो वातावरण बनाउ
कल-झगडा देखी टाढा बस.... न जाउ बिच
नियम-कानुन कहिल्यै पनि न मिच
आफुले प्राप्त गरेको ज्ञान अरुलाई सिकाउ
समाजमा १ वटा सक्षम ब्यक्ति बनेर देखाउ ।

No comments: