भाषा सेवक, हे भानुभक्त !


भानेन्द्र सम्बाहाम्फे "जुझारु"

झुक्दैन शिर, अब त हाम्रो, भाषा छ नेपाली
सिकायौ ज्ञान, रामायणको, लय छ नेपाली
गाउँछौँ हामी, एकता गीत, संगीत नेपाली
गर्दछौँ गर्व, तिमीमा भानु, धन्य छौँ नेपाली ।

नेपाली भाषा, मौलायो हेर, तिमीले रोपेर
मख्ख छौँ हामी, खुशीमा आज, नेपाली पढेर
सबैले बोल्छौँ, सबैले पढ्छौँ, नेपाली रमेर
भाषा सेवक, हे भानुभक्त ! तिम्लाई सम्झेर ।

अमर तारा, हे भानु तिमी, नेपाली मात्रको
लगायौ गुन, खोलेर पोको, अथाह ज्ञानको
सदैव चम्क, बनेर ज्योति, नेपाली आत्माको
भाषा सेवक, हे भानुभक्त ! गर्व हौ देशको ।

नेपाल ।
२०६७/०३/२६

No comments: