उर्लेको भेलभित्र


सूर्यविक्रम याक्खा

वर्षा साउनको झरीमा
एक तमासाले पानी परिरहयो ।
भिजेका शरिरहरु थर्रर-थर्रर काम्दै
निलो कालो भएका ओठबाट
कि..टि..टि -कि..टि..टि..
जुधेका दांतको आवाज आईरहयो ।
उर्लेको भेलभित्र चिच्याउदै ,
मायाले भरिएका निश्चल पोकाहरु ,
ढुंगा मुडाको छल्को संगै
मिसिएर वगिरहयो ।
म भन्ने शब्द ,,
मुक दर्शक वनेर हेरिरहयो ।
त्यो वक्राहा खोला ,माँवा र रतुवाले चुडाएका ,
मेरो मुटु भित्रका मायालाई .......,
घृणा नगर्नु ,तिरस्कार नगर्नु ,अपहेलीत नगर्नु ।
छिया-छिया पारिएका
मेरा निसानहरुलाई ,,
जोडेर फेरी सिंगो आकार वनाउन सक्दिन ,
मैले कोरेका शब्द-शब्दका अक्षेरहरु पाउन सक्दिन ।
उर्लेको भेलभित्र हराएका छ-छल्काहरु ....,
मेरो भूमिकाले वाँधीएका भावनाहरु .......!!

मिति २०१० / ०७ / १३

No comments: