जुत्ता.............


स्यानु पाईजा

सधै एक जोर कुची
सडकको सन्नटा भँग गर्दछ
दिउटी सकेर फर्कन्छन कर्मचारी घर
चबाईएका चुईगम के काम यहि थुकिन्छ
लामखुट्टे उज्यालोमा पनि नाकमा टोक्छन
अखबारको अक्षरहरु अरिङगाल बन्छन
जिन्दावाद् मुर्दावाद्को कोलहाल मच्चाउछन जनता
हारलुछको भागबन्डा चल्दछ देश भित्र
म अलग अलग दुई जुत्ता लगाएर
डिभाइदर ले छुट्टाईएका सडक नाप्छु
फुर्सद हुनेहरु मेरो अलग अलग जुत्ता हेरेर
मलाई पागल भन्छन,
तर म यस्लाई फेशन भन्छु
समाय र समाय को परिबर्तन भन्छु
बिकनीका दुई भाग अलग रँग हुनु सक्छ
एउटा मात्र बाहुला भएको लुगा हुन सक्छ
अलग अलग जुता लगाउनु किन हुदैन ?
यो एक दिन को कुरा थियो
अखबारको पाना भरि रंगियो
नसुहाउदो अलग अलग ब्राण्डको जुता मा
उभिएको एउटा अनाम मान्छे
हेडलाईन फरक फरक का बन्यो
केहि दिन पछि नयाँ सडक
अलग अलग ब्राण्डको जुताले नापिन थाल्यो
जोर जुत्ता पसल मा बिक्न छाडे
कारखानाहरु मा एउटै जुत्ताको मात्र
अर्डरको ओईरो लागे
फेशन भन्दै कारखानाहरु पनि
अलग अलग रँगका जोर जुत्ता उत्पादन गर्न थाले
जुताहरु अलग अलग पनि लगाउन मिल्ने भए पछि
घर घर बाट एउटा एउटा जुता हराउन थाले
बजार र सडक अलग अलग रँगका जोर जुत्ता भरिए पछि
नयाँ कानुन बन्यो, अलग अलग रँगका जोर जुत्ता निषेध भयो
तै पनि बजार त्यस्तै जुताले भरिएको छ
नयाँ सडकमा लहरै मान्छे त्यही जुताले दौडन्छन
बजारमा खुल्म खुल्ला जुत्ता बिक्दैछन
कानुन बनेको बर्षौ भयो
हिजो फेरी मैले नयाँ सडकमा
एउटा चस्माको दुई सिसा अलग रँगको लगाएको मान्छे देखे
पत्रकार मलाई जस्तै उस्लाई फोटो खिच्दै थिए
पहिलो चोटी मैले पश्चताप गरे
मैले अलग अलग जुता लगाएर फेशन भने जस्तै
दुई सिसा अलग रँगको चश्मा पनि फेशन भयो भने
कति को आँखा बिग्रन सक्थ्यो
कालो र सेतो लेन्सले छोपिएको आँखाले
सन्सार झन कुरुप देखिन सक्थ्यो
हरेको एउटा आँखा बिग्रने हो भने
अपाङ्गको देश बन्न सक्थ्यो।
यो भबिस्य भयानक हुन सक्थ्यो
मैले पश्चताप गरे

No comments: