नयाँ इतिहासको जन्म


आचार्य प्रभा

नयाँ इतिहास जन्म दिनेहरु हो
सारा संसारलाई चकित गरी
नयाँ जन्म लिएकाछौ ,
त्यसैले.......जन्मेको सारलाई
सार्थक गर्न तिमीहरुले
नयाँ पालुवाको श्रीजना
गर्नुपर्छ
नयाँ बिहानिको ढोका
उघार्नु पर्छ
जुन बिहानिको प्रतिक्षामा
सारा मन ,मस्तिष्कहरु
अध्यारोमा काला रातहरु
भोगिरहेका थिए
अब........तिमिहरु संसारकै
पाले अनी रक्षक भएर
जन्मेकाछौ
त्यसैले उत्साहित बन
अध्यारो कोठामा उज्यालो छर्न
अनि........ दह्रिलो रक्षक बन्न
अनि मात्र ,
तिम्रो आगमनले प्रतिक्षित मनहरु
प्रफ्फुल्लित हुनेछन
देखाइ देउ नयाँ इतिहासको
पानाहरुमा स्वर्ण अक्षरहरुले
इतिहास भनेको रङ,जाती,भेद ,
धनी,गरीब को संघर्ष मात्र होइन
समानता र सहजता को पनि
लेखिनु पर्छ
संसारभरी शान्ती र सद्भभावनाको
दियो बल्नु पर्छ भनेर

(अमेरिका )
(समर्पित जो ,जो नयाँ इतिहास कोर्न आगमन गरिरहेका छन उनिहरुमा )
रचना ११ -०४ -००८-( ८ बजे साँझ मंगलवार )

No comments: