'कबि प्रतिष्पर्धी लडाकु होइन


आचार्य प्रभा

म प्रतियोगी बन्न सक्छु
तर ...........प्रतिष्पर्धी बन्न सक्दिन
मैले कबितालाई दाउमा राखेर
कसै सँग बाजी जित्नु छैन
''कबिता ''त स्वच्छ, साचो भावना
अनी समाजको दर्पण हुनु पर्दछ
न कि .........कसैको कलमको आसुँ जित्ने लक्ष
यदी ........उसो हो भने त
आफ्नो सन्तानलाई दाउमा राखे सरह भो नि !
के कसैले आफ्नो मन ,प्राणलाई दाउमा राख्न सक्छ ?
त्यसैले ........मेरो आशयमा
साहित्यको नीती भनेको होड्बाजी गर्ने मैदान होइन ,
'कबि''साहित्यकार 'प्रतिष्पर्धी लडाकु होइनन
जो,एकापसमा लुछाचुडी गर्दछन
अनी ........त मलाई भन्न मन लाग्दछ
म आफ्नो भावनारूपी सन्तानलाई च्याखे दाउमा थापेर
कबिरूपी जुवाडेमा अनुवाद हुन चाहन्न ,
हो ........प्रतिष्पर्धाको मैदान दिइन्छ
यस्को आशय 'अर्थ'र 'अभिमान' जित्ने लालच दिनु होइन
फेरी .........जित्नुको अर्थमा अभिमानी बन्नु होइन
त्यो त कबि भावनाहरुलाई
उत्साहित गर्न स्थान दिनु हो ,
कबिको कलमलाई मलजल दिएर
फलाउनु,फूलाउनु र प्रेरित गर्नु हो /
साहित्य अर्थोपार्जनको अपेक्षामा कहिल्यै समाहित हुँदैन
बरु ........रित्तो बनेर अरुको पीडा,ब्यथा पोख्दछ
बिक्रीती,बिसंगतीको दर्पण बनेर
आफु चर्कन्छ,समाजमा छर्लङिन्छ /
कबिताको रूप भनेको कोमलताको प्रतीक हो,
ह्रीदयभित्रको स्पन्दनको बिम्ब हो
त र .........'हार' र 'जीत'को खेल होइन
त्यसैले ........म कबिता जन्माउछु
झुठो प्रशंसाको लालचको निम्ती होइन ,
म भावना प्रष्फुटन गर्छु सत्य गालीको अपेक्षामा /
हो .........यो सहि हो ,
कबिले 'गाली' पनि पाउनु पर्दछ
कबिताले 'ताली'पनी पाउनु पर्दछ
त र .........गालिको अर्थमा घ्रीणा होइन ,
अनी .........तालिको गड्गडाहटमा झुठो प्रशङ्साको धाप होइन
जस्ले कबिको भावना हत्तोत्साहित नबनोस
झुठो प्रशंसामा कबिको कलम नमात्तियोस
म कबिता फुर्दछु ,
समाजको सत्यतालाई उजागर गर्न
त र ...........म पर्तिष्पर्धी कबिता कोर्दिन
जितेर अभिमानी बन्न
किनकी ........कबिता हारजीतको खेल होइन
बरु ......हुनसक्ला ,
भावनाहरुलाई शब्दहरुमा सजाएर कबिताको स्वरूपको
तारतम्य मिलाउन नसक्नुको कमी कमजोडी
शब्दहरुलाई 'कबिताको'आक्रीती दिन नसक्नुको असक्षमता
त्यसैले ........मलाई लाग्दछ ,
कबितारूपी भावना कहिल्यै नमिठो र अशोभनिय हुँदैनन ,
हुन सक्लान ,
'कबिता'बिद्रोहको रापिलो लप्का
जहाँ अन्याय,अत्याचारले परकाष्ठा नाघेको हुन्छ
त्यसैले ........म 'कबिता'मा अर्को बिशेषण थप्न सक्छु
'कबिता'अन्याय,अत्याचार, दमनको नारा पनि हो
म;अझै पनि भन्दिन
'कबिता'दौड्ररूपी मैदानको खेल हो
बरु ........भन्छु ,
यो त सुस्त,सरल,शान्तसँग बग्ने
भावनारूपी नदीको प्रवाह हो
सत्य र सहि मर्महरुको उपज हो
संसारको मन जित्ने साधन हो
बाजिमा राखिने बस्तु होइन
मैले कबिताको 'फेत'मा नै भनी सके
कबिता कबिको मोल हो
त र .........प्रतिष्पर्धाको मुल्य होइन
त्यसैले समग्रमा म घोषणा गर्छु
म प्रतियोगी बन्न सक्छु
अह ........पर्तिष्पर्धी बन्न सक्दिन
.
(अमेरिका )

No comments: