विलिन व्यक्तिगत स्वतन्त्रता

किरण पौडेल

हराएछन् प्रजातन्त्र, खोज्न जाने को पो होला
बिलाएछन् स्वतन्त्रता, माग्न जाने काँ’पो होला
०७, १५, ३६, ४६, अझ कति कुर्ने होला
धेरै पटक भुंग्रो भईयो, अझ कति जल्ने होला
कति मरे, कति परे कसैसंग गिन्ति छैन
शहिद्को रगत् पानी हुंदा, चिन्ता लिने कोहि छैन
शाही शासन, राणाकालीन, पंचायती र बहुदलवाद
प्रजातन्त्र, जनगणतन्त्र, लोकतान्त्रिक गणतन्त्रको विवाद
यात्रा लामो गर्दा धरी, उपलव्धि शुन्य भयो
अन्यौल का जनतालाई, कुरा बुझ्न गाह्रो भयो
यिनको चासो दुइ छाक खाना, एक टुक्रा कपडाको
गर्मी, झरी, हावा छेक्ने, एक सानो झुपडीको
होईन ठूलो आशा यिनको, पर्याप्तछन् योगदान
मातृभूमि जोगाउन, धेरै नै दिए बलीदान
कहिले उत्तर, कहिले दक्षिण, सापट माग्ने हाम्रो बानी
संविधान त धेरै बने, मर्म बुझ्ने कहिले हो नी
पुत्र नेपालको जन्मी, उद्दार गर्ने कैले होला
विलिन भा’को स्वतन्त्रता, भोग्न पाईने कैले होला

Tel: (965) 6707-3336, Kuwait

No comments: