थलीएको गोर्खाली इतिहास


नरेश काङ्गमाङ्ग

प्रत्येक छुट्टीमा,
लाहुरे घर फर्कन्छ ।
म्लेच्छ संग उठबस भयो भनेर
पानी पतीया गरिदिन्थे बोर्डरहरुमा,
देशका शासकहरुले
गाउँ गाउँमा जातीय मिथकहरुले छर्की चोखाई दिन्थे
उसका बहादुरीहरु..........
चोखिए कि चोखिएनन्
निलो गाढा र रातो रङका रिवनले झुन्ड्याईएका
रसियन गनको कासको धातु
भिक्टोरिया क्रसहरु.......
सरदारस बहादुर र बहादुर तक्माहरु
आई. ओ. एमहरु
कृमियन युद्ध
स्तुपल युद्ध
भोगेरघाटी
चरेसिया र काबुल युद्धहरु....
खुदादत खानको बीरता होस या
कुलबीर थापामगरको
दोस्रो बिश्व युद्धमा पूर्खाहरुको
मौन धारणहरु
पुरै दुइ हप्ता लाग्छ,
सम्झनमा पूर्खाहरु......
यसरी लुकेर बाँचेका छन्
कफीन बिहिन चिहानहररु..........
फाक्सुसार्ट र निगालापानी गाउँ
कुलबीर थापा मगर
फोक्सीङ अल केफर र कर्ण बहादुर
रस - इज -जोई ट्युनिसीया,
अर्जिया सुम्साको
लाल बहादुर भि.सीको तितो कथा
वारपाक गजे घले र चीन हिल्स बर्मा फ्रन्टको अनुहार
घाईते गन्जु लामाको मायाको साङमो सिक्किम,
निङथोङखोङ गाउँ
राणको हुकुमी उर्दी
गल्लावालको साथमा लाहुर लागेर
भोगाङ रेलको लिकभरि
तुलबहादुर पुनले गरिबी बिछ्याउदै बिछ्याउदै लडे ।
आपस्वारा ओखलढुङगाको
बहादुर अगमसिं र्राईको
ओखलढुङगा ठूलो छ कि
सिद्धिचरण श्रेष्ठको ओखलढुङगा ठूलो छ ?
बिशेनपुरले भन्ने छ कि कविताले भन्ने छ ?
भिसी भानुभक्त बाजेले हुर्केको फाल्पु गाउँ गोर्खा र
स्नोडेन पूर्वको वर्मा एउटै माया होइनन् ।
दाहखानी चितवन गाउँ
लछुमन गुरुङ र इरावती नदी किनारको
टाङडाको बहादुरी सम्झनाहरु पनि
एउटै होइनन् ।
रम्घा गाउँ तनहुँ
भानुभक्त आचार्यको
कुवाको कथा भन्दा
फल्टै कथा बाँचेको छ तनहुँ कै
भि सी नेत्र बहादुर थापा मगर संग
बिशेनपुर पहाडै पहाड वर्मातिर लम्कदा
झस्काई दिन्छ ती कथाहरुले ।
सान मारिनो राज्यको दादा
नम इटाली
सेर बहादुरको रगत र पसिनाहरु
सम्भोग गरेका छन्
घलेछाप गाउँ मानेर
थमन गुरुङको मायाको गाउँ
सिङला गोर्खा
परिकल्पना गरिएको उहाँको फोटो
अनुहारमा बीरता र के के - के के छापिएका छन् ।
मोण्टेशान वार्तालो इटालीको लडाईमा
हुर्केका छन् वा छैनन्
भि.सि पदकका सन्तानहरु..........
राम बहादुर लिम्बू र च्याँङथापु पाँचथर
सारावाक बुर्नियोको गर्मीमा
हाँसेर त लडेनन् होला ,
र रोएर पनि लडेनन् होला ।
भिसि पाएर बाचेका र युद्ध जीतेका गोर्खा साथीहरु.........
हामी केका लागि लड्यौ ?
हामी कस्का लागि लड्यौ ?
हामीलाई कस्ले लड्न पठाए युद्धमा ?
-
द्रष्टब्य -
म्लेच्छ - पानी पतीयाले चोखाउने काम
खुदादात खान - भि.सी पाउने पहिलो भारतीय सिपाही
कुलबीर थापा - भि.सी पाउने पहिलो नेपाली सिपाही
फाक्युर्सार्ट - फ्रान्सको एक स्थान
अल केपर - प्यालेस्र्टाईनको एक स्थान
रर्सर्.इज.जोई - ट्युनेसीयाको एक स्थान
चिनहिल्स् , भोगाङ, विशेनपुर,स्नोडेन,टाङडा - वर्मामा पर्ने बिभिन्न स्थानहरु
निङथोङखोङ - वर्माकै दक्षिणी भेगमा पर्ने एक गाउँ
सानमारिना र मोण्टेशान वार्तोलो - इटालीमा पर्ने स्थानहरु
शरावाक - बोर्नियोको जंगल

मार्च७, २००८ यूके akangmang@hotmail.com

No comments: