जीवनलाई नजिकबाट


स्यानु पाईजा

जीवनलाई नजिक बाट हेर्दा र चियाउदा
जीवनको परिभाषा यो फरक छैन !
पिठ्युको दुवै तिर भारी बोकेर खच्चड
मुखमा दाना को थैली बाँधेर
उध्राई रहेको छ निस्तो दाना
चिया बिना, फुर्सद बिना
बोको भोको सानो डाम्लोमा
पानी उम्लेको हेर्दैछ
लाउदै गरेको धार खुकुरी मा
बिहानी मा गोरू सिगाँरी खेल्यो
दिनभरि बाँझो खेत जोतेर पनि
सियो बिरायो , हलीले लठ्ठी बर्सायो
मानौ उ कहिल्यै नजित्ने दौड मा छ
जीबन भरि यसरी नै दौडिरहुन पर्छ
हारको भार मन मा लिएर पनि
कति लामो जीवनको म्याराथुन
आफु भन्दा दोब्बर भारी उचाल्ने
गोब्रे किरा कयौ चोटी उचाल्दै र खस्दैछ
प्रयास गर सफल भईन्छ भन्ने सिकाउदै
आफु सानो सानो गरि उचालौ भन्ने नसिकिकन
फुलको पिडा उस्तै, युज एन थ्रो क्लिनेक्स जस्तै
बोट मा जति मुस्कुराए पनि
तिपे पछि मुर्झाउनु पर्ने पिडा
देबताको मन्दिरमा होस या नेता को गलामा
थुङ्गा थुङगा मा होस या माला मा
सुन्तला लाई अमिलो भए पनि छ्या ।
कागतीलाई गुलियो भए पनि छ्या ।
सबैको मालिक सम्झने मान्छे
आफै आफ्नै लोभि मनको दासी छ
कहि ईच्छा ले रेटिएको छ
कहि बाध्यता ले रेटिएको छ
तै पनि आफुलाई सर्बश्रेस्ठ थान्दै
जहाँ नभेटिनु पर्ने हो, त्यहाँ भेटिएको छ
जिवनलाई नजिक बाट हेर्दा र चियाउदा
जीवनको परिभाषा यो फरक छैन !

पात्लेखेत-७, म्याग्दी

No comments: