दश हाइकु


दिव्य गिरी

थुम्काथुम्कामा
अल्झिए आँखाहरू
पछ्यौरी झर्‍यो ।

चउरभरि
कोरेली बाछीहरू
साँढे डुक्रियो ।

सहेली देख्छे
गालामा नीलडाम
नयन झुक्छ ।

मैलो रूमाल
धुँदैछिन बेहुली
सुहागरात ।

जब भेटियो
जङ्गलमा पोखरी
माछो हरायो ।

आँखा ठोक्कियो
बैँसको शिखरमा
तिमी लजायौ ।

चुनौती दिंदै
छातीमा बैँस फक्रियो
कस्ले टिप्ने हो ।

अँध्यारो गुफा
हामी दुइको यात्रा
एकान्त रात ।

साँगुरो चोली
अटेस-मटेस भो
छाती टिमिक्क ।

चैतको घाम
पारदर्शी वदन
केराको खम्बा ।

No comments: