माटोको नयाँ गीत गाउँदै छु


राजेश राई

यो गीत गाउँदा गाउँदै
वा गाई सकेपछि
म यो राष्ट्रको लागि
बिखण्डनकारी
अराष्ट्रिय
अथवा आंतककारी बन्नेछु
मेरो टाउकोको मुल्य तोकिने छ
र फरमान आदेशहरु जारी हुनेछ, मेरो नाउँमा
सम्भवत मेरो आफन्ताहरु माथि पनि
यस्तै आदेशहरु जारी हुनेछ
मेरो जस्तै थेप्चो नाक र चिम्सो आँखा हुनुले
म मारिन सक्छु
मेरा आफन्ताहरु मारिन सक्छ
तर म मारिए पनि
मैले गाएको गीत सुनेर
धेरै गामबस्तीहरु जुरुक्कै उठेर
यो राष्ट्रसगँ
इतिहास फिर्ता माग्ने छ ,
ओढेको आकाश र टेकेको धर्तीको
जितेर हार्नुको पीडा सुनेर
जितेर नजित्नुको दुःख बुझेर
चोमोलुङ्गमाका फेदीका गामबेशीहरु
नयाँ मुन्धुमहरु फलाक्दै
फेरी मैले जस्तै गाउने छ
जबरजस्त खोसिएको इतिहासको गीत
जीतेर इतिहास नमागेको गीत
र अब फिर्ता माग्नु पर्न माटोको गीत ।
त्यासैले मसगँ मृत्यु हारीसकेको छ
मैले मृत्युसगँको युद्ध जितीसकेको छु
र म गाउँदै छु
मैले ओढेको आकाश
र टेकेको माटोको एउटा नयाँ गीत ।
धनकुटा

1 comment:

apjase kanchha said...

very impressive poem n also it is contempory poem of effective meaning.keep it up rajesh.


Apjase kan6a(hepen)
dobhane,bhojpur
now ,uk
hepenthimrangrai@yahoo.com