गजल

घनराज गिरी

भयो फूल यो मन तिमी आउनाले
इशारा गजवको गरी गाउनाले

म बाँके बिहारी तिमी चाहिँ राधा
यसै भन्न थाले सबै पाहुनाले

हटे बिध्न बाधा मिल्यो प्यार तिम्रो
गयो रात कालो तिमी छाउनाले

गरेँ पूर्ण सारा कथा जिन्दगीको
महायज्ञ भ्याएँ स्वयम् धाउनाले

झूकायौ परेली गयो भूइचालो
भयौ अप्सराझैं फुली लाउनाले

No comments: