आमाको बाणी


बसन्त मोहन अधिकारी

बसन्तको पासमा लाली गुराँस सधैं
हिमाल र हिमचुलीको सुनगाभा सँगै

रहेसम्म मेरो प्राण यहि देह सँगै
सबै जना बास बस म नेपाल ! सँगै ।

घैया, कोदो, जौ, फापर तीन महिना सधै
हिमालका नेपालीलाई जोड तरार्इ सँगै ।

गर्मी बढ्यो मन डढ्यो खेल हिउँ सँगै
दुःख, पीडा, हर्ष आँशु साटसँग सँगै ।

जन्म हाम्रो मानवको मानव धर्म सँगै
बुद्ध, सीता, भृकुटीलाई राख मनमा सधै ।

हिमालको स्याउ टिप्न आऊ साथ साथै
धान चामल स्याउ साट, साट आफ्नो सँगै ।

तरार्इको गर्मी छल्न उक्ल चामल सँगै
जडीबूटी औषधि लिई झर तरार्इतिरै ।

दूध, दही, बाख्रापालन गर पहाड सँगै
जलस्रोत र पर्यटनले हुन्छ विकास सबै ।

अैंचो पैचो आफू भित्र तिनै जना सँगै
हिमाल, पहाड, तरार्इको नाता गाँस सधै ।

प्रकृति र कला कृति संरक्षणमा सधै
मेल मिलाप गरी बस जन्म दाता सँगै ।

चेतनाको प्रयोग गर मानव धर्म सँगै
स्वर्ग सरी बस्न पाउँछौ नेपाल आमा सँगै ।

यूएर्इ चितवन

No comments: