खगेन्द्र थापा
गालाभरि झरी पर्यो म रोईन आँखा रोयो
छातीमा चट्याङ्ग पर्यो कलेजीले मन धोयो
जुनेलीले पोलीरहृयो साँझ बिहान रातभरि
बिछोडको बाँण लाग्यो धेरै पटक दुख्नेगरि
मलाई भयो ठूलो पीडा निष्ठूरीले घातगरी
मन बग्यो आँसु बग्यो एक्लै रोए रातभरि,
कल्पनाको महलमा म हाँसिन ओठ हाँस्यो
भुलुँ भन्छु सक्दिन म उनको यादले डस्यो
च्यातिई रहे रहरहरु धुजा धुजा हेरिरहे
मिलनको दोबाटोमा आशाहरु फेरिरहे
कलेजीमा घाउलाग्यो छातीचिरी मलम दलेँ
माया पोखेँ, धोका खेपेँ जिन्दगीभर धेरै जलेँ
धेरै थिए रहर र्इच्छा खीलबनि बिझि रहृयो
म रोईन कुनैरात सिरानीचाहिँ भिजी रहृयो
तैरि रहेँ नैन तालमा कल्पनाको डुंङ्गा चढी
रोक्नलाई गाह्रो भयो आँसुको यो वर्षझरी
सन्नाटामा छातीभरि यादले बल्छी खेलिरहृयो
मन धोएँ आँसुपोखि छाती झन्झन् पोलीरह्यो
दिलमा मेरो आगो लाग्यो, म जलिन मुटु जल्यो
आँधी आयो, हुरी चल्यो विश्वासको फूल ढल्यो
आँखाबाट बाढी उर्ल्यो म बगिन मन बग्यो
सधैँ भयो दुःखपीडा कुन दैवले मलाई ठग्यो
No comments:
Post a Comment