मेरो अपिल


आचार्य प्रभा

चाहे तिमी मेरो नयनको
''अबिरल''बग्ने आँशु नै बनी देउ
चाहे तिमी मेरो अधरको
खुशीको मुस्कान नै बनी देउ
त र ...तिमी बनी देउ
मेरो हर एक्लो पलको साथ
अनी देउ तिमी मलाई मेरो
कमजोरिमा सहारारुपि तिम्रो हात /
जिउन त जिएकै हुं म
कहिले लड्दै उठ्दै
आसुँ र हाँसो पनि सङालेकै हुं
मनलाई स्थिर गर्दै ,
जब... आयौ तिमी मनको सँघार नाघी
फुल्न थाले आशाहरु
मनका कुनामा ठाउँ मागी
जब छायौ तिमी मेरो जीवनमा
पुर्णेको जून बनी
मैले पनि मान्न थाले तिमीलाई
मेरै मनको देव भनी /
चाहे तिमी मेरो
मनको त्रीष्णा नै बनी देउ
चाहे तिमी मेरो बिछोडको
घाउ नै बनी देउ
तर.... हर मेरो रुझेको पलको
आश्वासन रुपी भाव बनी देउ /

(अमेरिका )

No comments: