बेलाको बोली

पशूपति दंगाल

घरमा छैन सर सल्लाह
बाहिर गर्छन् हल्ला
हो लाई होइन भनिंदिंदा
अर्थपूर्ण बर्षा पनि भो अर्थहीन
बिग्रिरहेको छ मति
भत्किरहेको छ गति
देख्दादेख्दै अधोगति
भोगिरहेछ दुर्गति
दिनकै छ दंगा, दिनकै छ फसाद
कसले कसलाई कहाँ मार्छ ?
कसलाई के थाहा,
को कहाँ कतिखेर बौलाउंछ
बेलो बिग्रनै लागेजस्तो छ
बेलो बित्नै लागेजस्तेा छ
बिग्रन लागेको बेलोलाई
बित्न लागेको बेलोलाई
नेपालप्रेमीले बचाउनू परेको छ
नेपालप्रेमीले जोगाउनू परेको छ
( मूलपानी ४, काठमाडौं )

No comments: