गफ चौपारी


स्यानु पाईजा

डिजिटल फोटो फ्रेममा
फोटो हरू आफै फेरिन्छन
भित्तामा रोनाल्डिनोको फोटो
गोडा उचालेर फुटबल माथी
अटो सेन्सर बासबेसन
नल नछोईकन पानी चाहिए जति
डिजिटमा क्यालकुलेट भएका
माईक्रोवेभ काउन्टडाउन चालुछ
पटक पटक आईफोनले
मिटिङको समाय रिमाईण्ड गराउछ
मुवाईलमा युट्युव भिडियो
सन्सार मुट्ठीमा आयो ? या
सन्सार मुट्ठीमा गयो ?
बुलेट पुर्फ गाडी/घर
पुराना जमाना को कुरा
बुलेट पुर्फ मान्छे जन्माउनुमा
ट्ल्लीन छन रे बैज्ञानिक दम्पति
बिन लादेन को नाम मा
बेतार डाटा ट्रान्सफर गरेर
मानव बम रोपिदै छरे
चोर हरुले कोड् कपि पेस्ट गरेर
बिना समचार दाता वेबसाईड चलाए झै
हजारौ मान्छे भित्र बम पेस्ट छन रे
हामी यसरी नै लोड सेडिङको बेला
गफ चौतारीमा गफ गरिरहेको बेला
नेताहरुले कुर्ची खोसखोसको खेल खेल्दै गर्दा
बेतार भाईरसहरु जातजातिको नाममा
धर्म र आस्थाका नाममा ट्रान्सफर हुदैछन
सँघ र सँधियताको नाममा पस्दैछन रे
हाम्रो देशको कम्जोर एन्टिभाइरस
बर्षौ देखि म्याद नाधेको छ
हिजो एउटा साथीले भनेको
गफ चौपारीमा हामी किन गरिब ?
थाहा छ ?
अमेरिकाको होटलको महँगो मेनु
टि भि मा देख्छौ किन्ने पैसा छैन
हिजो नेपालको डकुमन्ट्री कुन च्यानल ले देखायो
खोले खाई रहेका थिए । कति गरिब ?
बिकासको कुरा गर्दै गर्दा
सभ्यताको गफ चल्दा
कति चोटी चौपारी कै कुनामा
पिसाब फेरे सबैले गन्नै बिर्से
हाम्रो गफ चौपारी को बैठक
रूमालले नाक थुनेर बसिदै छ
सन्सार बाथ टपको साईज
डिजिटल जुम जस्तै एक्सपेन्ड गरेर
सुईमिङ पुल बनाउने सोचमा छ
सुईमिङ पुल लाई बाथ टप
हामी मैन बत्ती किन्ने लाईन बस्दैछौ
नेता लाई गाली गरेर बस्दैछौ
गफ भित्र गफ चौपारीमा

पात्लेखेत-७, म्याग्दी

No comments: