भाग्य


रामु गैरे

जन्मदा खेरी भन्थेरे पण्डितले
यो बालक धेरै भाग्यमानी हुन्छ भनेर
नुवारन गराउदा खेरी भन्थे रे
देश बिदेशमा राम्रो नाम कमाउनेछ
के को होस् सबै उल्टै उल्टो भईरा'छ
भात खुवाउँदा भन्थे रे
कति सन्तोष भएर हाँसिरहेको छ
यस्को जिबनमा सदैब हाँसो छाउनेछ
के को होस् सबै उल्टै उल्टो भईरा'छ
३ ,४ कक्षामा हुँदा शिक्षकले भन्थे
तिमीले माथिसम्म पढेर
ठुलो नाम कमाउँनेछौ भन्थे
के को होस् सबै उल्टै उल्टो भईरा'छ
छ सात क्लासमा हुँदा भन्थे रामु
तिमीलाई तिम्रो दाजु भाउजुको धेरै सहयोग पाउँनेछौ
के को होस् सबै उल्टै उल्टो भईरा'छ
हात हेराउँदाखेरी ज्योतिषीले भन्थे
तिमी धेरै भाग्यमानी हुन्छौ बाबु
के को होस् सबै उल्टै उटो भईरा'छ
विवाह गर्दा खेरी बाहुन्ले भन्थे
तिमी दुइजान सधैभरी सँग सँगै हुनेछौ
उनी नेपाल अनि म दुबर्इ
के को होस् सबै उल्टै उल्टो भईरा'छ
मेरो चीना मा लेखिएको छ रे
सधैभरी बुवा आमाको सेवा गर्न पाउँछु भनेर
कहाँ पाए खै सबै उल्टै उल्टो भईरा'छ

नुवाकोट ४ चिउरामाटी अर्घाखाँची
हाल दुबइ

No comments: