जिम्मा कस्ले लिन्छ ?


चकेन्द्र रार्इ "कैदी"

एक जोडी परेवा रत्न पार्कमा उडार्इ दिन्छन् ।
उद्घाटनको नाममा रातो रिबन चुडार्इ दिन्छन् ।

अझै पनि सुक्या छैन हातको मेरो आलो ठेलो।
नेता जी को मिठो भाषण ढाटि खाने मेलो ।।

एउटा नेता एकै दिनमा के के गर्न सकेका हुन ।
स्वास सम्म नफेरी नै बक्न सम्म बकेका हुन ।।

जनता पनि उस्तै नै छौ सबै सबै बेराजगारी ।
त्यसको फाईदा नेताहरु लिए कै छन् घरी घरी ।।

शान्ति पनि आ को छैन न त हुन्छ बिकाश ।
इमान्दारी नेता बने यहि यसको निकास ।।

नेपाल र नेपालीको झन झन बड्दो बेहाल ।
हामीहरुले चाहेको खै त हाम्रो नयाँ नेपाल ?

असस्तुष्टि जनताहरुलाई जवाफ कस्ले दिन्छ ?
संविधान नबनेमा यसको जिम्मा कस्ले लिन्छ ??

No comments: